धरान । विष्णु मेमोरियल स्कुलबाट हालै उर्तीण भएका प्रतीक दाहाल पुल्चोक इञ्जिनियरिङको प्रवेश परीक्षामा देशभरबाट प्रथम बनेका छन् ।

देशभरबाट सहभागी भएका १२ हजार भन्दा बढी परीक्षार्थीलाई उछिन्दै दाहाल प्रथम बनेका हुन् । विष्णु मेमोरियल कक्षा ६ मा भर्ना लिएका उनी प्रथम बन्दै आएका थिए । हालै प्लस टुमा उनी जिपिए ए ल्याएका थिए ।

कम्प्युटर इञ्जिनियरिङ पढ्ने योजनासहित पुल्चोकमा प्रवेश परीक्षा दिन पुगेका उनी नेपाल प्रथम बनेपछि स्कुलले एक कार्यक्रम गरी सोमबार सम्मानित गरेको छ । उनी धरान–१६ निवासी हुन् । विष्णुका प्लस टु कोअर्डिनेटर नवीन शाक्यले दाहाल मेहनती र लगनशील विद्यार्थी रहेको बताए ।