काठमाडौं   पत्रकार रवि लामिछानेसहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत चितवनले प्रहरीलाई अनुमति दिएको छ ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धान गर्न लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरि अनुसन्धानका लागि पाँच दिनको म्याद लिएको थियो । अनुसन्धान पुरा नभएको भन्दैं थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालतले आज आदेश दिएको छ ।

गत शुक्रबार उनीहरु पक्राउ परेका थिए । प्रहरीले अनुसन्धान नसकिएको भन्दै थप १० दिन थुनामा राख्न अदालतमा माग गरे पनि अदालतले पाँच दिनको म्याद दिएको छ ।