धरान । धरानको वराह ज्वेलरी इण्डष्ट्रिज प्रालिले वार्षिक ग्राहक उपहार योजनासँगै ५० प्रतिशतसम्म छुट योजना सार्वजनिक गरेको छ ।

२५ औं रजत महोत्सवको अवसर पारेर भदौं १ गतेदेखि १० गतेसम्म वराह डिपार्टमेन्ट स्टोरको सामग्री खरिदमा ५० प्रतिशतसम्म छुटको योजना ल्याएको हो । वराहले २ प्रतिशतदेखि ५० प्रतिशत छुट प्रदान गरिरहेको मङ्गलबारको पत्रकार सम्मेलनमा शाखा प्रमुख मानबहादुर दियालीले बताए ।

वराह यही भदौं ५ गतेबाट २५ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा वराहले आफ्ना ग्राहकलाई लक्षित गर्दै भारी छुटको योजना सार्वजनिक गरेको उनले बताए । आर्थिक वर्ष २०७५÷७६ मा वराहमा ४१ प्रतिशत ग्राहकहरू थपिएको दाबी गरेको छ । वराहले हरेक वर्ष १० हजार रुपैयाँभन्दा माथि खरिद गर्ने उपभोक्तालाई विभिन्न उपहारसमेत दिँदै आएको छ । यसपटक उक्त उपहार प्राप्त गर्ने १० हजार ३ सय ४ जना पुगेका छन् ।

२० लाख रुपैयाँभन्दा माथि खरिद गर्ने उपभोक्तामध्ये ५ जनालाई सम्मानित गर्न लागिएको प्रशासकीय अधिकृत गङ्गा कालिकोटेले बताए । यसपटक भाग्यशाली ग्राहकमध्येबाट एक जनालाई कुमार एण्ड सन्स अटो ट्रेडर्सले प्रायोजन गरेको इटालियन कम्पनीको भेस्पा कोयी स्कुटी प्राप्त गर्नै छ ।

आगामी वर्ष भने भाग्यशाली ग्राहकलाई यामाहा कम्पनीको एफजेडआरआर १५० सीसीको मोटरसाइकल प्रदान गरिने भएको छ । स्थापना दिवस भने यो पटक असोज १३ गते गर्ने कार्यक्रम बनाएको जनाएको छ ।