श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि.सं. २०७६ साल भाद्र ४ गते बुधबार, २१ अगष्ट २०१९ । भाद्र कृष्णपक्षको षष्ठी तिथि २३ः२२ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र अश्विनी २२ः००, उप्रान्त भरणि । चन्द्रमाराशि मेष, सूर्योदय ५ः३७ र सूर्यास्त ६ः३५ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । नयाँ कार्य व्यवसायको शुभारम्भ हुनेछ । व्यवसायमा सोचे भन्दा राम्रो सफलता मिल्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धन आर्जनका नयाँ स्रोत फेला पर्नेछन् । मातृपक्षको विशेष सहयोग मिल्ला । रमणीय स्थानको भ्रमण होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मुद्दा–मामिलामा तपाईंको विजय होला । नपत्याएका व्यक्तिको साथ र समर्थन प्राप्त भइरहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । रमाइलोमा दिन बित्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय राम्रो छ । सानो कामबाट ठूलै उपलब्धि हासिल गर्न सफल भइएला । मन प्रसन्न बन्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । आफ्नो अधिकारका लागि निकै सङ्घर्ष गर्नुपर्ला । मानसिक चिन्ता बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कृषि तथा पशुचौपाया आदिको व्यापार व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तमखालको छ । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला । रमाइलोमा दिन बित्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कार्य सिद्धि हुने योग छ । सानो कामबाट ठूलै उपलब्धि हनुेछ । ठूला व्यक्तिहरूसित रमाइलो भेटघाट एवं खानपिन हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समाज सेवातर्फ आकर्षित भइएला । समाजमा केही गर्ने जोस जाँगर बढ्नेछ । दिन उत्तमखालको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । दाम, नाम र प्रतिष्ठा कमाउने बेला छ । हरेक काममा सफलता मिल्ला । मन प्रसन्न बन्नेछ ।