बलिउड अभिनेता अमिताभ बच्चनको ७५ प्रतिशत कलेजो खराब भइसकेको छ । यसबारे अमिताभ आफैले जानकारी दिएका हुन् ।

७६ वर्षका अमिताभले एक च्यानलको कार्यक्रममा मानिसहरूले आफ्नो शरीरको नियमित चेकजाँच गर्नुपर्ने बताए । उनले आफ्नो उदाहरण दिँदै भने, ‘मेरो ७५ प्रतिशत कलेजो खराब भइसक्यो ।

म २५ प्रतिशत कलेजोको सहाराले बाँचिरहेको छु । मलाई क्षयरोगका साथै विभिन्न समस्या छ । रोगबारे पहिल्यै थाहा भए यसको उपचार पनि सम्भव छ ।’

अमिताभलाई स्वास्थ्यसम्बन्धी विभिन्न समस्या छ तर उनी यी समस्यालाई कहिले पनि आफूमाथि हाबी हुन दिँदैनन् ।