मेचीनगर / हालै सम्पन्न नेपाल उद्यमशील महिला महासङ्घको चौथो राष्ट्रिय अधिवेशनले देविका बुढाथोकीको अध्यक्षतामा १६ सदस्यीय केन्द्रिय कार्य समिति निर्विरोध निर्वाचित गरेको छ ।
बुढाथोकीलाई पुन ३ बर्षे कार्यकालका लागि दोस्रो पटक अध्यक्षमा चयन गरेको हो ।
मेचीनगरको काँकरभिट्टामा सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा इन्दिरा न्यौपाने चापागाई, प्रथम उपाध्यक्षमा रुपाकुमारी श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मात्रिकादेवी प्रसाई, महासचिवमा राधा कार्की र कोषाध्यक्षमा पूण्यमाया भट्टराईलाई चयन गरिएको छ ।
त्यस्तै, केन्द्रीय सदस्यहरुमा मेनुका मैनाली, मञ्जुश्री पराजुली, आराधना थपलिया, जानुका पौडेल, कुसुम राई लुइँटेल, ममता खत्री, गोमा खनाल, हिरादेवी तिमिल्सिना, असारी लिम्बू र कमला बाँस्कोटा रिजाल चयन भएको निर्वाचन समितिका संयोजक हरि अधिकारीले जानकारी दिए ।
अधिवेशन उदघाटन झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य सुरेन्द्रकुमार कार्कीले गरेका थिए ।
कार्यक्रममा प्रदेश सांसद राधा थापा, संविधान सभा सदस्य उषा गुरुङ, विभिन्न राजनितिक दलका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

surendra