जनकपुरधाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले प्रदेश २ को नाम जानकी राख्ने प्रस्ताव अघि सारेको छ ।
बिहीबार सकिएको संसदीय दलको बैठकले प्रदेशको नाम जानकी राख्ने निर्णय गरेको संसदीय दलका नेता सत्य नारायण मण्डले जानकारी दिए ।

नेकपाका सांसदहरुले प्रदेशसभामा नामाकरण सम्बन्धी प्रस्ताव दर्ता समेत गरेका छन् । रामकुमार यादव प्रस्तावक रहेर ज्वालाकुमारी साह, शारदा थापा र नागेन्द्र राय यादव समर्थकसहित प्रदेश २ को नाम ‘जानकी’ दर्ता गरिएको हो ।