पथरीशनिश्चरे । भारतको विहार हिन्दी साहित्य सम्मेलनले सिक्किमेली दुई युवा साहित्यकारलाई ‘शताब्दी सम्मान’ प्रदान गरेको छ ।
अभियान साहित्य समिति राङ्काका अध्यक्ष एवम् हिन्दी साहित्य सेवा समिति सिक्किमका कोषाध्यक्ष अर्जुन ‘यावा’ र हिन्दी साहित्य सेवा समिति सिक्किमकी साहित्य सचिव एवम् मानव संसाधन विभागकी डा. छुकी लेप्चालाई ‘शताब्दी सम्मान’ द्वारा सम्मानित गरिएको हो । यावा स्थानीय सक्रिय पत्रकारसमेत हुन् ।

केन्द्रीय विधि मन्त्री रविशङ्कर प्रसादको प्रमुख आतिथ्य तथा चाणक्य राष्ट्रिय विधि विश्वविद्यालयकी कुलपति मृदुला मिश्र, विश्वविद्यालय सेवा आयोग विहारका पूर्वाध्यक्ष प्रो. शशिशेखर तिवारी, प्रसिद्ध गीतकार पं. बुद्धानाथ मिश्रको विशिष्ट आतिथ्यता साथै सभाध्यक्ष विहार हिन्दी साहित्य सम्मेलनका अध्यक्ष डा.अनिल सुलभले संयुक्तरूपमा सम्मानित गरेका थिए ।

विहारको राजधानी पटना नजिकै कदमकुआँस्थित सम्मलेनको भवनमा सम्पन्न कार्यक्रममा विहार हिन्दी साहित्य सम्मेलन स्थापनाको १ सय वर्ष पुगेको अवसरमा सम्मेलनले हिन्दी साहित्य क्षेत्रमा योगदान पु¥याउँदै आइरहेका हिन्दी भाषी युवा साहित्यकार साथै हिन्दी साहित्यमा रुचि राखेर अग्रसर गैरहिन्दी भाषी युवा साहित्यकारहरू गरी जम्मा १ सय जनालाई सम्मान गरिएको थियो ।

यसका साथै राष्ट्रिय युवा कवि सम्मेलन पनि आयोजना गरिएको थियो । कार्यक्रममा देशभरिबाट साहित्यकारहरूको उपस्थिति रहेको थियो ।