विराटनगर / विराटनगर महानरपालिमा ५२ औं राधाकृष्ण रथयात्रा आज दिउँसो साढे तीन बजे निस्किएको छ । विराटनगर–१ पानीट्याङकीस्थित राधाकृष्ण मन्दिरमा विशेष पूजा गरेपछि रथयात्रा निस्किएको हो ।

rath1

रथयात्राको शुभराम्भ एक नम्बर प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्वाहाङ र संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले गरे ।

rath4

रथयात्राको अगाडी विभिन्न सामुदायहरूको दुई दर्जन भन्दा बढी झाँकीहरु पनि प्रद्र्धन गरिएको छ । रथयात्रामा नेपालको विभिन्न शहरसहित भारतको बिहार हज्जारौं भक्तजनहरूको सहभागि छ । उक्त रथयात्रा एसिया महादेशकै सबैभन्दा ठूलो जगन्नाथपुरी पछिको दोस्रो ठूलो रथयात्राको रूपमा चिनिने गरेको छ । आज निस्किएको रथ प्यागोडा शैलीको रहेको छ । रथलाई दायाँबायाँ अलग अलग महिला–पुरुषले लठ्ठा तानेर रथ गुडाएका छन् । दायाँ पटिको डोरीमा पुरूष र बायाँँपट्टिको डोरीमा महिला भक्तजनहरूले समाइ उक्त रथ संचालन गरिएको छ ।

rath7

रथयात्रा सुरु हुनु अघि हेलिकाप्टरबाट पुष्पवृष्टि गराइने भक्तजनहरुलाई स्वागत गरियो । राधाकृष्ण मन्दिरबाट आरम्भ भई ७ किलोमिटर दूरी तय गरेर मेनरोड, महेन्द्र चोक, धरान रोड र बरगाछी हुँदै पुनः मन्दिर परिसरसम्म रथ ल्याइने छ । यो समाचार तयार पार्दासम्म ६ बजे रथ महेन्द्र चौक आइपुगेको छ । ७ किलोमिटर दुरी तय गरि राधाकृष्ण मन्दिर पुग्दा राति साढे सात बज्ने आयोजक समितिले जनाएको छ ।

rath6

राधाकृष्ण मन्दिरदेखि रथ परिक्रमा गर्ने विभिन्न चौक र सडक किनारमा चिसो पेय पर्दाथहरु लस्सी, चिसो पानी, खुवाउन र सेवा पुर्याउन विभिन्न व्यक्त्ति र संस्थाहरु ठाउँ–ठाउँमा सक्रिय छन् ।

rath5