एजेन्सी/बलिउड अभिनेता अक्षय कुमार विश्वका सबैभन्दा धेरै पारिश्रमिक पाउने अभिनेताको चौथो स्थानमा परेका छन् ।

फोब्र्स डट कमका अनुसार अक्षय कुमारले ६.५ करोड अमेरिकी डलर कमाइ गरेर चौथो स्थान हासिल गरेका हुन् । सूचीको लागि फोब्र्सले सन् २०१८ जुन १ देखि सन् २०१९ जुन १ बीचको पारिश्रमिकलाई लिएको थियो ।

हलिउड अभिनेता डनी ‘रक’ जोनसन फोब्र्सको सबैभन्दा धेरै पारिश्रमिक पाउने दश शीर्ष अभिनेताको सूचीमा पहिलो स्थानमा छन् । उनले उक्त अवधिमा ८.९४ करोड अमेरिकी डलर पारिश्रमिक पाए । दोस्रो स्थानमा अष्ट्रेलियन अभिनेता क्रिस हेम्सवर्थ छन् । चर्चित सुपरहिरो फिल्म ‘हल्क’ मा प्रमुख पात्रको भूमिका निभएका हेम्सवर्थले यस अवधिमा ७.६४ अमेरिकी डलर कमाए ।

फोब्र्सको सूचीले जुन अवधिको कमाइलाई समेटेको थियो, त्यस अवधिमा मार्भेल्सको एभेन्जर्सः इण्डगेम प्रदर्शनमा आएको थियो । हल्क एभेन्जर्सका कैयन् पात्रमध्ये एक हुन् । धेरै कमाइ गर्ने सूचीको शीर्ष दशमा रहेका अन्य अभिनेताहरू रोबर्ट डनी ज्युनियर्स (आइरनम्यान), क्रिस इभान्स (क्याप्टेन अमेरिका), ब्राड्ले कुपर (रकेट) र पल रुड (एण्टम्यान) पनि सोही फिल्मका अभिनेताहरू रहेका छन् ।