मेयर स्व. तारा सुब्बाको निधनपछि दुईवटा जिम्मेवारी सम्हाल्दै आएकी धरान उपमहानगरपालिकाकी कार्यवहाक मेयर मञ्जु भण्डारीलाई पछिल्लो समय विभिन्न खाले आरोप प्रत्यारोप आइरहेको छ । अपेक्षा गरे अनुरूप काम नभएको भन्ने जनगुनासोकाे विषयमा भण्डारीले यसरी प्नष्ट पारिन । धरान बाहिरबाट राम्रो भए पनि भित्र काम गर्न असजह भएको शहरको रुपमा देखिएको उनकाे बुझाइ छ । काम गर्नेलाई प्रोत्साहान भन्दा पनि हतोसायी बनाउनेको जमात धेरै भएको शहर धरान हो । त्यसको बावजुत पनि आगामी निर्वाचनमा कुनै पनि राजनीतिक दलहरुले धरानको खानेपानी, बसपार्क र सुकुम्वासी समस्यालाई चुनावी एजेण्डा बनाउन पाउदैन्न । किन की ती समस्या मेरो नेतृत्व अर्थात नेकपाको नेतृत्वको समयमा पुरा हुने छन् । यो मेरो प्रतिबद्धता पनि हो ।

हेर्नुहाेस् पुरा अन्तरवार्ता