सिरहा। सिरहा जिल्लाको खिरौनामा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । सिरहा नगरपालिका वडा न.१६ स्थित खिरौना चौकमा  एक पुरुषको शव  भेटिएको हो ।

सिरहा नगरपालिका वडा नं.१५ का अन्दाजी ४२ वर्षीका सुरेश साफी आज विहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एवं सूचना अधिकारी (डिएसपी) अपिलराज बोहराले जानकारी दिए ।

एकाबिहानै स्थानीयवासीले साफीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पुरुषको शव रहेको घटनास्थलको प्रकृति हेर्दा अत्याधिक मात्रामा मदिरा सेवनको कारणले मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएपनि मृतकको मुखबाट रगत बगेको देखिएका कारण अनुसन्धानपछि मात्र केही भन्न सकिने डिएसपी बोहराले बताए ।

मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।