विराटनगर । विराटनगरमा शनिबार निस्किएको रथयात्रामा पक्राउ परेका ८४ मध्ये १९ जना विरूद्ध प्रहरीले तीन प्रकारको मुद्दा दर्ता गर्ने भएको छ । १९ जना विरुद्ध चोरी, चोरी उद्योग र अभद्रमा मुद्दा दर्ता गरिने भएको हो ।

मोरङ प्रहरीले उनीहरूलाई चोरी र अभद्र मुद्दामा म्यात थप गरि अनुसन्धान प्रक्रिया अगाडी बढएको छ । संकास्पद गतिविधि गर्ने ६५ जनालाई प्रहरीले आफन्तको जिम्मा लगाएर छोडेको छ ।

प्रहरीले शनिबार सुनको सिक्री, मोवाइल, पर्स चोरी गर्ने पकेटमारदेखि उश्रृंखल र संकास्पद गतिविधि गर्ने ८४ जनालाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी राजकुमार खिउँजुले जानकारी दिए ।

अनुसन्धानपछि शनिबार राति ७ र ५८ जनालाई आइतबार छोडिएको थियो । प्रहरीको अनुसन्धानपछि १९ जनालाई मुद्दा चलाउने प्रहरीले तयारी गरेको हो । १९ जना मध्ये केही सिक्री, पर्स र मावाइल चोरी गर्नेछन् । चोरीमा संलग्नलाई अदालतमा चोरी र चोरी उद्योगमा र अन्यलाई अभद्रमा जिल्ला प्रशासन कार्यालयमा मुद्दा चलाउने भएको हो ।

प्रहरीले चोरीमा पक्राउ परेका साथबाट तीन वटा सुनको सिक्री, २० थान मोवाइल, चार थान पर्स र १२ नगद फेला पारेको छ । प्रहरीले पक्राउ गरेका मध्ये १२ जना भारतीय नागरिक पनि रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका भारतीय नागरिक भिडभाडको मौकामा भक्तजनहरुको विभिन्न समामाग्री चोरी गर्ने मनसायले आएको देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुको भनाई छ ।

‘भिडभाडको मौका छोपी संकास्पथ गतिविधि र चोरीमा संलग्न हरूलाई हामीले नियन्त्रणमा लिएका थियौं,’ डिएसपी खिउँजुले भने, ‘कुनै पनि अप्रिय घटना हुन नदिने नियन्त्रणमा लिएका हौं ।’

उनीहरुको गरेको घटनाको अवस्था हेरेर ६५ जनालाई आफन्तको जिम्मा लगाएर छोडेको उनले बताए । १२ जनाले रथयात्रामा सिक्री चोरी भएको भन्दै मोरङ प्रहरीमा उजुरी दिएका छन् ।

प्रहरीले रथयात्रामा सुरक्षा व्यवस्था कडा पारेको थियो । सुरक्षाका लागि मोरङ प्रहरीले १७ सय नेपाल प्रहरी र सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको एसपी विश्व अधिकारीले जानकारी दिए ।

रथयात्रामा ड्रोन क्यामेराबाट सुरक्षा निगरानी गरेको कारणले अप्रिय घटना नभएको प्रहरीले जनाएको छ । प्रहरीले महानगर क्षेत्रको होटलहरूमा शनिबार मधिराजन्य पद्धार विक्री वितरणमा पूर्ण रुपमा रोक लगाएको थियो । प्रहरीले रथयात्रा विश्राम गर्ने प्रत्येक स्थलमा प्रहरी युनिट खडा गरेको थियो ।

रथ निस्किने मन्दिर परिसर र बोर्डर ऐरियामा विशेष युनिट खडा गरि सुरक्षा योजना पनि अगाडी सारेको थियो । रथयात्राको दिन धेरै भिडभाड हुने भएकोले उश्रृखल गतिविधि गर्नेको संख्या पनि हुने भएकोले प्रराम्भिक अनुसन्धान टोली पनि फिल्डमा खटाएको एसपी अधिकारीले बताए । महानगरको ४० स्थानमा सिसी क्यामारा सुचारु गरेकोले सिसी क्यामराबाट पनि निगरानी गरिएको थियो ।

प्रहरीले रथयात्रालाई लक्षित गरि मोरङ प्रहरीले २४ साउन देखि महानगर क्षेत्रमा विशेष निगरानीमा राखेको छ । यस क्रममा प्रहरीले १ सय ७६ जनालाई विशेष निगरानीमा राखेको थियो ।

प्रहरीले चोरीमा संलग्न भएकाहरुको साथबाट बरामद गरेका सिक्री, मोवाइल र पर्स ।