धरान / रवि लामिछानेका समर्थकहरु र प्रहरीविच झडप भएको छ । झडपमा एक जना प्रहरी घाइते भएका छन् ।
अभियुक्त मध्ये अस्मिता भनिने रुकु कार्कीको मात्र बयान सकिएकाले आज थुनछेक बहस हुन नसकी लामिछानेसहित तीन जनालाई प्रहरी हिरासतमा फर्काइएपछि समथृकहरु उत्तेजीत भएका थिए । लामिछाने आज नछुटेपछि साँझ ६ वजे समर्थनमा निस्किएका प्रदर्शनकारीले ढुंगामुडा प्रहार गरेका थिए । घटनामा एक प्रहरी घाइते भएको चितवन प्रहरी प्रवक्ता डिएसपी एकनारायण कोइराला जानकारी दिए । प्रहरीले अश्रुग्यास प्रहार गरि भीडलाई नियन्त्रणमा लिएको थियो । करिव एकघण्टा सम्म तनाव भएको थियो ।

साउन २० गते राति नारायणगढस्थित पोखरा बसपार्कको होटल कङ्गारूमा झुन्डिएको अवस्थामा शालिकराम पुडासैनीको शव भेटिए पछि लामिछाने, युवराज कँडेल र कार्कीले मानसिक दवाव दिएका कारण आत्महत्या गर्न बाध्य भएको भिडियो डिडियो सार्वजनिक भएको थियो सोहस् आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।