धरान उपमहानगरपालिकाको वडा नं. १३ र २० को सिमानामा रहेको सर्दु खोलामा विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा निर्माणाधिन वीपी स्मृति पार्क निर्माण पछि आन्तरिक पर्यटकहरु बढेका छन् । उक्त क्षेत्रमा विहान ५ वजे मर्निड वाक आउनेदेखि वेलुकी ६ वजेसम्म त्यहा वनेको फलावर व्रीज ९फुलको पुल०० रक गार्डेन, डुंगाको नाग हेर्न आउने गरेक छन् ।

फ्लावर ब्रीज धेरैका लागि आकर्षणको केन्द्र बन्दै गएको बीपी पार्क निर्माण समितिका अध्यक्ष चक्रबहादुर खड्का बताउँछन् । फ्लावर ब्रीजसँगै ढुङ्गामा आकर्षक हाँस, सर्प तथा चितुवाका तस्विर अङ्कित गरिएका छन् । जसले गर्दा यो ठाउँ आन्तरिक पर्यटकको लागि आकर्षणको केन्द्र बनेको हो ।

सार्वजनिक विदाका दिन बीपी पार्कमा अत्यधिक भीड हुने गरेको छ । विहान मर्निड वाक र ध्यान गर्नेहरुको भीड लाग्छ भने दिउसो पानीमा खेल्ने गर्मी छेल्न आउनेहरुको सख्या वढदै गएको छ ।

bp_park 1 bp_park.jpg1 bp_park3 bp_park2 bp_park5