इटहरी/ भारतको कोलकातामा जारी साफ यू १५ फुटबल च्याम्पियनसिप प्रतियोगितामा इटहरीका २०अशिम राईले उत्कृष्ट प्रदर्शन गरेका छन् । असिम राई सहितको टिमको उत्कृष्ट प्रदर्शनको मदतमा नेपाल उपाधि नजिक पुगेको छ ।

फाइनलमा आयोजक भारतसँग नेपालले खेल्ने भएको छ । लिग चरणको दुईवटा खेलमाअसिमले उत्कृष्ट प्रदर्शन गरे । बिहीबार कल्याणी रङ्गशालामा नेपालले भुटानलाई ६–० को गोल अन्तरले पराजित गर्दा इटहरीका असिमले पनि उत्कृष्ट गोल गरे । उनले खेलको ७५ आंै मिनेटमा गोल गरेका हुन् । यस्तै कप्तान प्रदीप लम्सालले २ तथा निराजन खत्री, क्रिस सापकोटा र सुगम जिम्मीले समान १ गोल गरे ।

पहिलो खेलमा भारतसँग पराजित नेपाली टोलीले त्यसपछिका तीन खेलमा श्रीलङ्का, बङ्गलादेश र भुटानलाई हराउँदै फाइनलमा पुगेको हो । दोस्रो खेलमा श्रीलङ्कालाई २–० ले हराएको नेपाली टोलीले पछिल्लो खेलमा बङ्गलादेशलाई ४–१ ले पराजित गरको थियो । सो खेलमा पनि असिमले एक गोल गरेका थिए ।

बङ्गलादेश प्रतियोगिताको साविक विजेता टिम भए पनि बङ्गलादेश विरुद्धको खेलमा असिमले गोल गर्न भ्याए । इटहरी २० निवासी असीम विद्यालय तहदेखि नै फूटबलमा निकै रुचि राख्ने गर्र्थे ।

तरहराको हिमशिखर बोर्डिङ स्कूलमा पढ्दादेखि नै फूटबलमा रामे्रा दख्खल राख्ने उनलाई विद्यालयले त्यो बेला ट्रेनिङको व्यवस्था मिलाएको प्रिन्सिपल शैलेश पुरीले जानकारी दिए । यू १५ को राष्ट्रिय फुटबल टिममा पर्ने असिम सुनसरीका एक्ला खेलाडी हुन् । विद्यालय तहदेखि नै उत्कृट फुटबल खेलेका असिमको फुटबलमा राम्रो भविष्य रहेको प्रिन्सिपल पुरीले बताए ।