फेसबुकको लाइक सङ्ख्या लुकाउने सङ्केत

alt
  • भदौ १८, २०७६
  • १०९ पटक पढिएको
  • ब्लाष्ट खबर

बीबीसी नेपाली/ एक जना इन्जिनियरले फेसबुकको एन्ड्रोइड एपमा लाइक सङ्ख्या लुकाउने कोड परीक्षण भएको पत्ता लगाएपछि विश्वको चर्चित सामाजिक सञ्जालले लाइक सङ्ख्या नदेखाउने उपायबारे विचार गरिरहेको हुन सक्ने बताइएको छ।

सक्रिय नभएको सो कोड जेन मान्चुन वङले पत्ता लगाएकी हुन्। फेसबुकले क्यानडा र ब्राजिलसहित सात देशमा इन्स्टाग्राममा लाइकको सङ्ख्या नदेखाउने परीक्षण गरिरहेको छ।

फेसबुकले यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ। केही अध्ययनहरूले विशेषतस् युवाहरूमा सामाजिक सञ्जालको चर्चाले मानसिक स्वास्थ्य समस्याहरू ल्याउन सक्ने बताएका छन्।

के छ कोडमा ?
वङले ब्लग लेख्दै सो कोडको व्याख्या गरेकी छन् र आफू फेसबुकका लागि काम नगर्ने बताएकी छन्। 'यस्तो प्रकारको परीक्षण गर्नुअघि गरिने अध्ययन र कोड निर्माणमा लामो समय लाग्छ,' उनले लेखेकी छन्।

'यस्ता कुरा आउँछ र हराउन सक्छ। तर मलाई विश्वास छ लाइक सङ्ख्या लुकाउने कार्यले प्रयोगकर्ताहरूको ठूलो सङ्ख्याको डिजिटल मानसिक स्वास्थ्य उपयोगी हुनेछ।'

लगानीकर्ता इलेन पाओले ट्वीट गर्दै यो परिवर्तन हुनुपर्ने बताएकी छन्। 'सामाजिक सञ्जालहरूले सन् २०१४ देखि आफ्नो असर मानसिक स्वास्थ्यमा पर्ने थाहा पाएका छन् र अब फेसबुकले लाइक सङ्ख्या लुकाउने काम सुरु गर्न खोजेको छ,' उनले लेखेकी छन्। इन्स्टाग्रामले आफ्नो परीक्षणको परिणाम सार्वजनिक गर्ने बेला नभएको बताएको छ।

एन्फा एकेडेमी कपको उ

धरान / धरानसिथत एन्फा एकेकेमीमा आयोजित पहिलो पटक भ

कञ्चनजंघामा ज्ञानेन्

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे क्षेत्रमा दैवी प्रको

लेटाङमा प्रथम मेयर क

पथरीशनिश्चरे । “लेटाङ नगरको सान, खेलकुदसहितको युव

चौदण्डीगढी पर्यटकीय

उदयपुर । पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउका लागि ऐतिहा


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved