भ्रमण वर्ष २०२० मा प्रदेश २ लाई यसरी समेटाैं

alt
  • भदौ १९, २०७६
  • १९२ पटक पढिएको
  • संगीता रेग्मी

नेपालले सन् २०२० लाई ‘भिजिट नेपाल’ वर्षको रूपमा मनाउने निर्णय गरेर त्यसको तयारी अगाडि बढाइरहेको छ । एक वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सुरू गरिएको ‘भिजिट नेपाल’ अभियान विभिन्न बाधा र व्यवधान झेल्दै बिस्तारै अगाडि बढिरहेको छ । देशभरी घुम्नपर्ने ठाउँहरूको नाम सार्वजनिक गर्नु, त्यस ठाउँमा जानका लागि हवाई र सडक मार्गको जानकारी संकलन गर्नु, विभिन्न देशहरूमा भ्रमण वर्षको विषयमा केन्द्रित भई मेला, उत्सव, महोत्सवहरूको आयोजना गर्नु, बासस्थानको लागि होटेल, लजको व्यवस्था कस्तो छ भनेर होटेर व्यवयासीहरूसँग छलफल गर्नु, विभिन्न निजी क्षेत्रलाई पनि समेटेर अगाडि बढ्ने योजना बनाउनु जस्ता काम भ्रमण वर्षलाई लक्षित गरी पर्यटन मन्त्रालय र भिजिट नेपाल बर्ष संस्थाले गर्दै आएको छ ।
प्राकृतिक सम्पदाले भरिपूर्ण, धार्मिक र ऐतिहासिक सभ्यताले सम्पन्न रहेको नेपालमा विश्वका धेरै देशहरूबाट पर्यटकहरू आउने गरेका छन् । मुख्यतः मनोरञ्जनका लागि पर्यटकहरू यहाँ आएता पनि धार्मिक र ऐतिहासिक स्थलहरूको बारेमा जानकारी लिन, राजनीतिक व्यवस्थामा भएको परिवर्तनको विषयमा बुझ्न, खोज तथा अनुसन्धानको गर्नका साथै हाम्रो संस्कृति र पुरात्ताविक वस्तुहरूलाई हेर्नको लागि बढी पर्यटन आउने गरेका हुन । प्राकृतिक सम्पदाले भरिपूर्ण, धार्मिक र ऐतिहासिक सभ्यताले सम्पन्न रहेको नेपालमा विश्वका धेरै देशहरूबाट पर्यटकहरू आउने गरेका छन् । पर्यटकहरूले यहाँबाट उत्पादित वस्तुहरू चिनोको रूपमा पनि लैजान्छन्, जसबाट पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा थप टेवा पुग्ने गरेको छ भने त्यस्ता सामाग्रीको बजार पनि प्रबद्र्धन हुने गरेको छ ।
२०७६/७७ को बजेटमा संघीय सरकारले पर्यटन क्षेत्र विकासका लागि २ अर्ब ६८ करोड बजेट विनियोजन गरेको छ भने साहसिक पर्यटन गतन्व्यको रूपमा विश्वमा स्थापित गरिने गरी विभिन्न कार्यक्रमहरू पनि बजेटमा समेटिएको छ । यो बजेट पर्यटनको प्रचार प्रसार र प्रवद्र्धन गर्नका लागि साथै पर्वतारोहण पर्यटन, धार्मिक पर्यटन, साहासिक पर्यटन, सांस्कृतिक पर्यटन जस्ता थुपै विधाको विकास गर्न यो बजेट छुट्याइएको छ । संघीय व्यवस्था अपनाइसकेको हाम्रो मुलकले स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा पर्यटन क्षेत्रको विकास गर्न सक्ने हो भने त्यसबाट देश विकासका लागि आधार तय हुन सक्ने निश्चित छ ।
तराई÷मधेश र विशेष गरी प्रदेश २ पर्यटकीय स्थलहरू र पर्यटनका सम्भावनाहरूको धनी क्षेत्र हो । झापादेखि कञ्चनपुरसम्म दर्जनौं चर्चित पर्यटकीय स्थलहरू रहेका छन् । झापाको कन्काई धाम कोटीहोम, अर्जुनधारा, जामुनखाडी सिमसार क्षेत्र, सतासीधाम, इलामको चियाबारी, सुनसरीको भेडेटार र कोशी टप्पु वन्यजन्तु आरक्ष हुन् । त्यस्तै प्रदेश २ मा पर्ने जनकपुरधाम, छिन्नमस्ता, पर्सा बन्यजस्तु आरक्षण, धनुषसागर, गंगासागर, चितवनको चितवन राष्ट्रिय निकुञ्ज, प्रदेश ५ अन्तर्गत लुम्बिनी, सिद्धबाबा धाम कैलाली कञ्चनपुरमा शुक्लाफाँटा वन्यजन्तु आरक्ष आदि तराई÷मधेशमा पर्ने पर्यटकीय हिसाबले महत्वपूर्ण स्थानहरू हुन् ।
हिमाली तथा पहाडी जिल्लामा पर्यटन व्यवसायबाट स्थानीय जनताले राम्रो आम्दानी गर्न थालिसकेको परिप्रेक्षमा मधेशमा त्यो संस्कृतिको अझ राम्ररी विकास हुन सकेको पाइदैन । घुम्न आएका पर्यटकलाई आफ्नो ठाउँमा कसरी टिकाउने र उनीहरूलाई मनोरञ्जन दिएर कसरी आफ्नै ठाउँमा खर्च गर्न लगाउने भन्ने विषयमा न त स्थानीय जनताले सोचेको पाईन्छ न पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले नै ठोस कदम चालेको देखिन्छ ।
आन्तरिक पर्यटन प्रवद्र्धनका लागि भन्दै जेठ ४ गतेदेखि लुम्बिनी भ्रमण वर्ष आरम्भ भयो । संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षको पूर्वतयारीस्वरूप प्रदेश ५ सरकारले भ्रमण वर्ष २०७६ घोषणा गरेको होरू। भ्रमण वर्षका लागि प्रदेश सरकारले ४ करोड १९ लाख बजेट विनियोजन समेत गरेको छ तर लुम्बिनी घुम्न आएका पर्यटक त्यहाँ नबसेर भारतको बिहार लगायतका स्थानमा रात बिताउन किन जान्छन् भन्ने विषयमा प्रदेश सरकारको ध्यान जान जरूरी छ । लुम्बिनी विकास कोषका अनुसार सन् २०१८ मा १६ लाखभन्दा धेरै पर्यटक मायादेवी मन्दिर प्रवेश गरे । त्यसमध्ये ५ प्रतिशतले मात्र लुम्बिनीमा रात बिताउने गरेको पाइएको छ । लुम्बिनी विकास कोष भित्र रहेको तीन वर्ग माइल क्षेत्रभित्र बुद्धसँग सम्बन्धित पुरातात्विक स्थलहरू रहेका छन् छन् । केन्द्रीय नहरको दायाँबायाँ विभिन्न मुलुकका बिहार छन् । स्तुपा र अशोक स्तम्भ घुमिसकेपछि त्यहाँ भन्दा अन्य ठाउँमा जानका लागि न कुनै सवारी साधनको सुविधा छ न अन्यन्त्र घुमेर समय बिताउने ठाउँ नै छ ।। यतातिर प्रदेश सरकारको ध्यान जान आवश्यक छ ।
लुम्बिनी पछि प्रदेश २ मा पर्ने जनकपुर धार्मिक हिसाबले महत्वपूर्ण पर्यटकीय स्थान हो । भारतबाट मात्र हजारौं पर्यटक यहाँ आउने गरेका छन् । उनीहरूलाई जनकपुर लगायत प्रदेश २ का अन्य स्थानहरू घुमाउन सकेमा कत्तिमा २ दिन यहीँ टिकाउन सकिन्छ तर उनीहरू बिहान आएर बेलुका फकर्ने गरेको पाईन्छ । जनकपुरमा बासस्थानको मुख्य समस्या रहेको देखिन्छ । आफूले खाजेको जस्तो होटेल, लजको व्यवस्था नहुने भएपछि अधिकांश पर्यटकहरू त्यहाँ नबसी अयन्त्र ठाउँमा जाने गरेका छन् । जनकपुर बाहेक प्रदेश २ को बाराको गढीमाई मन्दिर, रौतहटको शिवनगर मन्दिर, बडेवाताल, राजदेवी मन्दिर, छिन्नामस्ता, जलेश्वर मन्दिर जस्ता धेरै धार्मिक स्थलहरू यहाँ रहेका छन् । प्रदेश २ सरकारले धार्मिक पर्यटनलाई मात्र प्रबद्र्धन गर्न सक्ने हो भने यो प्रदेश एउटा नमुना प्रदेशको रूपमा विकास हुनसक्छ तर यो क्षेत्रको विकासका लागि न संघीय सरकारले ध्यान दिएको पाईन्छ न प्रदेश सरकारले नै ध्यान दिएको छ ।
ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्तित्वक दस्तावेजले बाराको सिम्रौनगढलाई इतिहासको खुल्ला संग्रहालयको रूपमा लिने गरिएको छरू। बलि नचढाइने संसारकै एकमात्र हिन्दु धर्मावलम्बीको शक्तिपीठको नामले परिचित कंकाली मन्दिर यसै क्षेत्रमा पर्छ । १२ औं शताव्दीमा तत्कालीन राजा शिवसिंहद्वारा निर्माण गरिएको महत्वपूर्ण राष्ट्रिय सम्पदा रानीबास मन्दिरले पनि आफ्नो छुट्टै पहिचान बोकेको छरू। राष्ट्रकै सबभन्दा ठूलो पोखरा ‘५२ बिघा झरौखर पोखरा’ले पनि यसलाई थप रौनकता प्रदान गरेको छ । यस नगरकै हरिहरपुरमा अवस्थित एक विशाल पत्थरको बाकसको आफ्नै रहस्यमय सन्दर्भ छरू। यस्तो ऐतिहासिक स्थल सिम्रौनगढलाई प्रदेश २ सरकारले राजनीतिक गर्ने थलोको रूपमा प्रयोग मात्र गर्ने गरिन्छ । पर्यटन वर्ष २०२० लाई ध्यानमा राखेर पर्यटन बोर्डले कात्तिकमा सार्वजनिक गरेको घुम्नैपर्ने स्थानहरूको सूचीमा सिम्रौनगढ पनि पर्दछ । सिम्रौनगढ जस्तो ऐतिहासिक ठाउँको विकास र प्रचारप्रसारमा कुनै कमि हुन दिनुहुँदैन ।
लहानमा रहेको फुलबारीमा एउटा यस्तो फुल छ जुन वैशाख १ गते मात्र फुल्ने गर्छ र त्यो दिन त्यहाँ ठूलो मेला लाग्ने गर्छ त्यो ठाउँको प्रचारप्रसार कहिल्यै भएको सुनिदैंन । यदि त्यो ठाउँको प्रचार हुने हो भने मधेशको पर्यटनको लागि एउटा कोशेढुंगा सावित हुनसक्छ । त्यही सप्तरीमा रहेको स्वम्भुनाथमा रहेको शिवको मुर्ती दिनानुदिन बढ्दै जान्छ भन्ने पनि किम्बदन्ती रहेको छ । त्यहाँ वैशाखको पहिलो सातादेखि १ महिना मेला लाग्छ । तराई मधेशमा यस्ता धेरै स्थानहरू रहेका छन् जसको आजसम्म न कुनै प्रचारप्रसार भएको छ घुम्न चाहनेहरूले आफैं खोजेर वा आफन्तको सहायताले त्यस्ता ठाउँहरू पुग्ने गर्छन् । मधेशमा यस्ता धेरै पर्यटकीय स्थलहरू छन् जो पर्यटकको पर्खाइमा बर्षौदेखि बसिरहेका छन् अब त्यस्ता पर्यटकीय स्थनाहरूको खोजी गर्ने समय आएको छ । प्रचारप्रसारमा ध्यान दिने र पूर्वाधार विकासमा केही पहल गर्ने हो भने मधेशका पर्यटकीय स्थानहरूले नेपाल भ्रमण वर्ष २०२० मा ठूलो योगदान दिनसक्छ । (मधेश दर्पण) 

एनसेले बाढ्यो ल्यापट ...

बिराटनगर /  एनसेल प्राईभेट लिमिटेडले हाल संचा ...

प्रदेश सरकारको बजेटल ...

धरान । धरानको मुख्य वजार कोशी राजमार्ग अन्तर्गत पर्छ । ...

धरान उपमहानगरको कर स ...

धरान / धरान उपमहनगरपालिकाको करको चर्को विरोध भइरहे ...

किशोरी बलात्कार गर्न ...

उदयपुर / उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–९ गैर ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved