धरान/ राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई मदन–शीला स्रष्टा सम्मानबाट सम्मानित गरिने भएको छ ।

मदन–शीला प्रतिष्ठानले बिहीबार निर्णय गर्दै एक लाख रुपैयाँ बराबर राशिको उक्त सम्मान राष्ट्रकवि घिमिरेलाई प्रदान गरिने भएको हो ।

त्यसक्रममा नेपाली साहित्य सम्मेलन दार्जिलिङबाट प्रकाशन हुने दियालो साहित्यिक पत्रिका र काठमाडौंबाट प्रकाशित हुने उन्नयन त्रैमासिकलाई मदन–शील साहित्यिक पत्रकारिता सम्मानबाट सम्मानित गरिने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ । उक्त सम्मानको राशि जनही ५० हजार रुपैयाँ रहेको छ ।