धरान/ बलिउड स्टार सारा अली खान आफ्नै तस्बिर देखेर अहिले छक्क पर्ने गरेकी छन् ।

सारा कुनै समय यति धेरै मोटी थिइन् कि उनी आफै त्यो दिनको तस्बिर हेरेर अचम्मित बन्ने गरेकी हुन् । उनले आफ्नो विगतको तस्बिर सार्वजनिक गर्दै आफैलाई अचम्म लाग्ने गरेको प्रतिक्रिया दिएकी छन् । उनी आमा अमरिता सिंहसँग देखिएकी छन् । जसमा उनी एकदमै मोटी देखिएकी छन् । त्यो समयमा सारा अली खान ९६ केजी तौलकी थिइन् ।

तर, अहिले उनको तौल ६० केजीभन्दा मुनी छ । कडा शारीरिक मेहनतका कारणले उनी आफूलाई मेन्टेन गर्न सफल बनेकी छन् । उनले पुरानो तस्बिर सार्वजनिक गर्दै त्यो पल भुल्न नसक्ने प्रतिक्रिया दिएकी हुन् ।

उनले इन्स्टाग्राममा आमा अमरितासहितको तस्बिर सार्वजनिक गरेकी छन् । सामाजिक सञ्जालमा उक्त तस्बिरलाई लिएर धेरै खालका टिप्पणीहरू पनि आइरहेका छन् ।

सारा सैफकी छोरी हुन् । हाल उनी २४ वर्षकी भइन् । अमरिता र सैफबीच सन् २००४ मा सम्बन्धविच्छेद भएको थियो । त्यसपछि सैफले करिना कपुरसँग विहे गरेका छन् । जसबाट एक छोरोसमेत भइसकेको छ ।

बलिउड प्रवेश गर्नुपूर्व उनको शरीरकै कारण समस्या भएको थियो । साराले सिम्बाका कारण निकै चर्चा बटुलेकी छन् । हाल उनको कुल्ली नम्बर एक, आजकाल, केदामाथ रिलिज हुने क्रममा छ ।