श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि.सं. २०७६ साल भाद्र २१ गते शनिबार, ७ सेप्टेम्बर २०१९ । भाद्र शुक्लपक्षको नवमी तिथि २३ः२४ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र ज्येष्ठा १०ः०८ बजेसम्म, उप्रान्त मूल । चन्द्रमाराशि वृश्चिक, सूर्योदय ५ः४५ र सूर्यास्त ६ः१८ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) धार्मिक,सामाजिक तथा सांस्कृतिक कार्यमा मन लाग्नेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । मन प्रसन्न रहला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सोचेको जस्तो काम नहोला । विपरीतलिङ्गीबाट धोका खाइएला । दिनको उत्तराद्र्ध कष्टप्रद हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) कला, साहित्य र सङ्गीतमा रचि बढ्नेछ । व्यापार–व्यवसायमा सफलता पाइनेछ । आटेका कुराहरू पूरा हुनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) भाग्योदयको समय आएको छ । काम गर्ने जोश, जागर बढेर जानेछ । शत्रु पराजय हुनेछन् । सन्तान सुख प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  अधुरा कार्यहरू पूरा हुनेछन् । स्वास्थ्यमा क्रमशः सुधार हुनेछ । नया व्यापार व्यवसायतिर मन जानेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो ) सौन्दर्य तथा विलासी सामग्रीको खरिदमा अनावश्यक खर्च बढ्नेछ । समग्रमा आजको दिन राम्रो छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)  मान–सम्मानको अवसर प्राप्त हुनेछ । शत्रुहरू पछि हट्नेछन् । समय बलवान रहेको छ । दिन उत्तम छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु ) सामाजिक कार्यमा संलग्न हुने अवसर प्राप्त हुनेछ । घरपरिवारमा विभिन्न झमेला उत्पन्न हुन सक्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)  यात्राको अवसर मिल्नेछ । साथीभाइसग भेटघाटको अवसर मिल्नेछ । सयम अनुकूल रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) वैदेशिक यात्राको योग रहेको छ । नया कार्य थालनीको योग छ । सही निर्णय लिनुहोला । दिन मध्यम् छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) सानोतिनो समस्यामा अल्झिनु पर्नेछ । गलत निर्णय लिन पुगिएला । समय खराब रहेको छ । ध्यानपूर्वक कार्य गर्नुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) प्रेममा सफलता मिल्नेछ । यात्राको अवसर प्राप्त हुनेछ । नया कार्यको