कलाकार विल्सनविक्रम राई (तक्मेबूढा) विवाह बन्धनमा बाँधिएका छन् ।

बहुप्रतिभाशाली कलाकारको पहिचान बनाएका राईले सरिना लामासँग विहे गरेका हुन् । सात महिनाअघि विहे गरे पनि हालै मात्र दुईजनाको तस्बिर सार्वजनिक भएको छ । विल्सनको परम्परागत शैलीमा विवाह भएको बताइन्छ ।

विहे गरिसकेपछि राईले यसबारे कसैलाई जानकारी दिएका थिएनन् । नजिकका आफन्तको उपस्थितिमा उनीहरूको विवाह सम्पन्न भएको बुझिएको छ ।

एक वर्षयता विल्सनले राम्रा चलचित्रमा अभिनय गर्न पाइरहेका छैनन् । फुर्सदकै बेला उनले सुटुक्क विहे गरेको उनीनिकट कलाकारहरूको भनाइ छ ।