श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि.सं. २०७६ साल भाद्र २३ गते सोमबार, ९ सेप्टेम्बर २०१९ । भाद्र शुक्लपक्षको एकादशी तिथि २३ः२४ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र पूर्वषाढा ११ः४५, उप्रान्त उत्तराषाढा । चन्द्रमाराशि धनु, सूर्योदय ५ः४६ र सूर्यास्त ६ः१६ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
सानातिना समस्यामा अल्झिनु पर्नेछ । हतारमा गलत निर्णय गरिएला । घर–परिवारमा झै–झगडा हुने योग छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अरूलाई प्रभावित पारी काममा सफलता मिल्ने देखिन्छ । दिन राम्रै देखिन्छ । दैनिक काम कारबाही सम्पन्न हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पशु चौपायाको व्यवसायमा घाटा लाग्नेछ । नयाँ कार्यको थालनी गर्ने समय आएको छ । प्रेमपक्ष पनि राम्रै देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्थानान्तरण तथा पदोन्नतिको समय देखिन्छ । कर्मचारीवर्गका लागि आजको दिन उत्तम छ । समग्रमा सुख प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कृषि तथा तत्जन्य व्यापार–व्यवसायमा लगानीअनुरूपको प्रतिफल प्राप्त हुनेछ । काम गर्ने जोश, जा“गर बढेर जानेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सांस्कृतिक तथा पुरातात्विक विषयको अध्ययनमा रुचि बढ्नेछ । सामाजिक कार्यमा चासो बढ्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रेममा सफलता मिल्नेछ । पुराना साथीभाइसँग भेटघाटको अवसर मिल्नेछ । समग्रमा समय राम्रै देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पढाइमा मन जानेछ  । नयाँ कार्यमा सफलता मिल्नेछ । शत्रु हारेर जानेछन् । दिन उत्तमखालको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय अनुकूल नभएकाले कार्य गर्नुभन्दा अगाडि सजग रहनुहोला । सोचविचार नगरी गरेको कामले नोक्सान पु¥याउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक कार्यमा मन जानेछ । मनमा नयाँ जोश, जाँगर उत्पन्न हुनेछ । यात्राको योग छ । दिन राम्रो छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शरीरमा आलस्य हुनेछ । पढाइमा ध्यान जाने छैन  । विभिन्न समस्याहरू उत्पन्न हुन सक्नेछन् । समय सामान्य छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विश्वासमा कमी आउनेछ । आफ्ना इष्टमित्रले धोका दिनेछन् । समय प्रतिकूल रहेको छ । ध्यान दिएर व्यवहार गर्नुहोला ।