भद्रपुर/ अज्ञात समूहले झापाका दुइ स्थानमा बम विस्फोट गराएका छन् । झापाको विर्तामोड स्थित साहारा नेपालको निर्माणाधीन भवन र गौरादह नगरपालिका प्रमुख प्रशासकीयको सरकारी सवारी साधनमा बम विस्फोट गराएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आइतबार राती साढे ११ बजे उनिहरुले विस्फोट गराएको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए । गौरादहका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको बा २ झ २५७० नम्बरको गाडीमा क्षति पुगेको उनले जनाए ।

सुरक्षा निकायमा सवारी राख्न भनेपनि मिश्रले कार्यालय नजिकै रहेको डेरामा राखेका थिए । गाडीको टायरमुनी बम विस्फोट भएकोले धेरै क्षति भएको डिएसपी श्रेष्ठको भनाइ छ । सहारको भवनमा सीसा लगायतमा क्षति पुगेको छ ।

घटनापछि सिसी क्यामेराको सहायताबाट कसोमबार विहान ४ बजे विर्तामोडबाट दुइजना शङ्कास्पद् व्यत्तिलाइ नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।