श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि.सं. २०७६ साल भाद्र २४ गते मङ्गलबार, १० सेप्टेम्बर २०१९ । भाद्र शुक्लपक्षको द्वादशी तिथि २३ः२४ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र उत्तरषाढा १३ः१८, उप्रान्त श्रवण । चन्द्रमाराशि मकर, सूर्योदय ५ः४७ र सूर्यास्त ६ः१३ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
नया“ कार्यको थालनी हुनेछ । राज्यबाट सहयोग प्राप्त होला । विद्या, बुद्धि र विवेकले काम गर्नु होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रेमको उचित मूल्याङ्कन हुनेछ । स्वादिष्ट भोजनको अवसर प्राप्त होला । घरमा माङ्गलिक कार्यको चर्चा चल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अरूलाई प्रभावित पार्ने क्षमताको वृद्धि हुनेछ  । काममा भने उल्झन देखा पर्ला । अध्ययनमा प्रगति हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्य सम्पादनमा सहजता मिल्ला । अधुरा कामहरू पूरा होलान् । धार्मिक तथा सामाजिक कार्यमा मन लाग्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नोकरी तथा जागिरमा पदोन्नति हुने देखिन्छ । राम्रा कामको प्रशंसा बढ्ला  । पारिवारिक सम्बन्ध सुधार होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ स्थानको रमाइलो भ्रमण होला । नयाँ साथी बन्ने समय आएको छ । शरीरमा आलस्यताले चाहिँ सताउला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
वैदेशिक कार्यमा उलझन सुल्झिएर जाने समय आएको छ । आमदानीका बाटाहरू खुल्नेछन् । फलदायी यात्रा होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पढाइमा मन जानेछ  । नयाँ कार्यमा सफलता मिल्नेछ । शत्रु हारेर जानेछन् । दिन उत्तमखालको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नया“ विषयको खोज अनुसन्धानमा दिन बित्ला । स्वास्थ्य अनुकूल नहरला । पति–पत्नीबीचको सम्बन्ध सुधार होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक कार्यमा मन जानेछ । मनमा नयाँ जोश, जाँगर उत्पन्न हुनेछ । यात्राको योग छ । दिन राम्रो छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शरीर आलस्य हुनेछ । पढाइमा ध्यान जाने छैन । विभिन्न समस्याहरू उत्पन्न हुन सक्नेछन् । समय सामान्य छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्थानान्तरण हुने समय आएको छ । कार्य सम्पादनमा सहजता प्राप्त होला । पति–पत्नीको सम्बन्ध सुध्रिएर जानेछ ।