अलिबाबाको अध्यक्षबाट ज्याक माले दिए राजिनामा

alt
  • भदौ २५, २०७६
  • १०२ पटक पढिएको
  • रासस/एपी

बेइजिङ/ विश्वकै सर्वाधिक ठूलो इ–कमर्श कम्पनी अलिबाबा समूहका संस्थापक ज्याक माले कम्पनीको अध्यक्षको पदबाट मङ्गलबार राजिनामा दिएका छन् ।

अमेरिका–चीन करयुद्धका कारण व्यवसाय नै सङ्कटमा पर्न लागेको अवस्थामा संस्थापक ज्याकले एकाएक राजिनामा दिएका हुन् । चीनमा स्थापित यस अनलाइनले विश्वमै इ–कमर्शका क्षेत्रमा प्रभाव सिर्जना गरेको छ ।

चीनकै एकजना सर्वाधिक धनी व्यक्तिको सूचीमा रहेका ज्याक माले आफ्नो ५५औं जन्मदिनका दिन समूहको अध्यक्ष पद छाडेको घोषणा गर्नुभएको हो । उहाँले एक वर्षअघि नै अध्यक्ष पद त्याग्ने बताउँदै आएका थिए । उनी अलिबाबा पार्टनरसिपको सदस्यका रूपमा भने कम्पनीमा रहनेछन् ।

छत्तीस जना सदस्य रहने यो अलिबाबा पार्टरनसिपले कम्पनीका सञ्चालक सदस्यहरू छान्ने अधिकार राख्दछ । विगतमा अङ्ग्रेजी शिक्षक रहेका माले सन् १९९९ मा अलिबाबा इ–कमर्श अनलाइन सेवा शुरु गरेका थिए । शुरुमा यो कम्पनीले चिनियाँ निर्यातक र अमेरिकी खुद्रा व्यापारीलाई जोड्ने पुलको रूपमा काम गर्दथ्यो ।

चीनको बढ्दो उपभोक्ता बजारलाई शुरुका दिनमा केन्द्रित गरेपनि पछि यस कम्पनीले अनलाइन बैंकिङ, मनोरञ्जन र कम्प्युटिङका क्षेत्रमा लगानी बढाएको थियो । गत जुनमा पहिलो त्रैमासिक विवरणमा कम्पनीको कूल राजस्व करिब १७ अर्ब डलर रहेको थियो जसमा चीनभित्रैबाट व्यवसायको हिस्सा करिब ६६ प्रतिशत रहेको कम्पनीले जनाएको छ ।

चिनियाँ खुद्रा बजारमा हाल अमेरिकी करवृद्धिले ठूलै असर पारेको छ । अमेरिकी करवृद्धिले चिनियाँ सामानको अमेरिकी बजारमा प्रवेश महंगो हुँदै गएको छ । अनलाइन बिक्रीमा पनि सन् २०१९ को आधा समयमा करिब १८ प्रतिशतले कमी आएको छ । चीनकै पनि आर्थिक वृद्धिमा मन्दी आएको छ ।

अलिबाबाका अनुसार, तैपनि अघिल्लो वर्षको तुलनमा कम्पनीको नाफा करिब तीन अर्ब डलरले बढेको छ । तर यो वृद्धिको मुख्य कारण सन् २०१८ को राजस्व आम्दानीका कारण सिर्जना भएको हो । अलिबाबाको इ–कमर्श प्लेटफर्मबाट गत वर्ष ८५३ अर्ब अमेरिकी डलर बराबरको कारोबार भएको थियो । जबकी अमेरिकाको सर्वाधिक ठूलो ई–कमर्श कम्पनी अमेजनबाट २७७ अर्ब अमेरिकी डलरको कारोबार भएको थियो ।

एन्फा एकेडेमी कपको उ

धरान / धरानसिथत एन्फा एकेकेमीमा आयोजित पहिलो पटक भ

कञ्चनजंघामा ज्ञानेन्

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे क्षेत्रमा दैवी प्रको

लेटाङमा प्रथम मेयर क

पथरीशनिश्चरे । “लेटाङ नगरको सान, खेलकुदसहितको युव

चौदण्डीगढी पर्यटकीय

उदयपुर । पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउका लागि ऐतिहा


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved