विराटनगर/ सुनसरीको इनरुवा-३ सखुवागाछीका एक युवाले आफ्नो जन्मदिनमा विराटनगरस्थित पूर्वाञ्चल बाल आश्रमका रहेका बालवालिका र वृद्धाहरुलाई भोजन गराएर मनाएका छन् । १९ वर्षीय एन्जल घिमिरेले बधुबार आश्रममा रहेका ७० जना बालवालिका र करिब १२ जना वृद्धाहरूलाई भोजन गराएका हुन् ।

प्राय जन्ममा दिन मोजमस्ती गरि मनाउने प्रचलनको अत्य गरि समाजिक कार्य अनुरुप छोराको जन्म दिन आश्रममा रहेका बालवालिकाहरुलाई भोजन गराएर मनाइ दिएको एन्जलका वुवा खगेन्द्र घिमिरेले बताए । छोरा अध्ययनको शिलसिलामा हाल अस्ट्रेलियामा छन् ।

‘छोराले आफ्नो जन्मदिनमा सामाजिक कार्य गर्ने बताए,’एन्जेलका बुवा खगेन्द्रले भने, ‘छोराको इच्छा अनुसार यहाँ आएर वालवालिकालाई भोजन गराएका हौं ।’

छोराको जन्मदिनमा आश्रममा रहेका ७० जना बालवालिकाहरुलाई स्टेशनरीको सामाग्री पनि प्रदान गरिएको खगेन्द्रले बताए । घिमिरे परिवारले संयुक्त रुपमा स्टेशनरीको समाग्री पूर्वाञ्चाल बाल आश्रमकी अध्यक्ष सीता पोखरेललाई हस्तान्तरण गरेका थिए ।

आश्रमकी अध्यक्ष पोखरेलले जन्मदिनमा बालवालिकालाई भोजन गराएर पुन्यको काम गरेको बताइन् । अहिले तडक भडक देखाएर जन्मदिन मनाउन प्रचलनको अत्य गर्दै जन्मदिनमा आश्रमका बालवालिकालाई भोजन गराउनु पुन्यको काम भएको उनले बताइन् ।