श्री शालिवाहनीय शाके १९४१,ने. सं. ११३९, वि.सं. २०७६ साल भाद्र २६ गते बिहीबार, १२ सेप्टेम्बर २०१९ । भाद्र शुक्लपक्षको चतुर्दशी तिथि ६०ः०० (अहोरात्र) उप्रान्त चतुर्दशी, नक्षत्र धनिष्ठा १७ः३६ बजेसम्म, उप्रान्त शतभिषा चन्द्रमाराशि मकर, सूर्योदय ५ः४८ र सूर्यास्त ६ः१२ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा शुभ कार्यको चर्चा चल्नेछ । रमणीय स्थानको भ्रमण हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धर्म कर्म तथा समाज सेवामा मन जानेछ । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । दिनको उत्तरार्धतिर शुभ समाचार सुन्न पाइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ । धार्मिक सभा समारोहमा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित भेटघाट हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्कापट्टा तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । अवरोध रहेका कामकाजहरू सुचारु हुनेछन् । रमाइलो वातावरणमा दिन बित्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक क्षेत्रमा तपाईंको उच्च स्थान रहला । शुभ समाचार सुन्न पाइएला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । शिर तथा आँखा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला । मन प्रसन्न रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा जमिन तथा वाहन खरिद होला । घरपरिवारमा शुभ कामको चर्चा चल्नेछ । रमाइलो वातावरणमा दिन बित्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय होला । आर्थिक सङ्कट आइपर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मुद्दा मामिलामा तपाईंको विजय होला । मातृपक्षको विशेष सहयोग मिल्ला । नया“ कामको शुभारम्भ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला । मन प्रसन्न बन्नेछ ।