श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि.सं. २०७६ साल भाद्र २७ गते शुक्रबार, १३ सेप्टेम्बर २०१९ । भाद्र शुक्लपक्षको चतुर्दशी तिथि ६ः३८ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र शतभिषा २०ः१०, उप्रान्त पूर्वभाद्रपदा । चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः४८ र सूर्यास्त ६ः११ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अरूको काममा बढी समय दिनुपार्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन अध्यापनमा रुचि बढ्नेछ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । वैदेशिक यात्राको अवसर मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । अतिथि सत्कारमा दिन बित्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमणीय स्थानको भ्रमणगर्ने अवसर मिल्ला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । विभिन्न धार्मिक स्थानको यात्रा गर्ने अवसर मिल्ला । मन प्रसन्न बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । अवरोध रहेका कामकाज सुचारु हुनेछन् । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । विश्वास पात्रबाट धोका होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धन आर्जनका नयाँ स्रोत फेला पर्नेछन् । आफन्त तथा साथीभाइको सहयोग प्राप्त भइरहला । मन प्रसन्न बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेट होला

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सुन चा“दी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । अवरोध रहेका कामकाजहरू सुचारु हुनेछन् । शुभ समाचार सुन्न पाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । माया प्रेमको सम्बन्ध विस्तार हुनेछ ।