धरान/ धरानको नियो एजुकेसन अर्गनाइजेन प्रालिले नेपकम्सको सहकार्यमा बिहीबार धरानमा ‘एजुकेसन फेयर’ सञ्चालन गरेको छ ।

गोर्खा डिपार्टमेन्ट स्टोरको हलमा गरिएको फेयरमा पूर्वी पहाडी जिल्ला तथा धरान, इटहरीका विद्यार्थीहरूले शैक्षिक परामर्श लिएका छन् । नेपकम्सले अष्ट्रेलियाबाट सेवा प्रदान गरिरहेको छ ।

यसको शाखा नेपालको काठमाडौं, पोखरा र हाल धरानमा रहेको छ । नियोले नै शाखालाई सञ्चालन गरिरहेको प्रालिका अध्यक्ष गौरव शाक्यले बताए । उनका अनुसार करिब डेढ सयजतिले परामर्श लिएका छन् । त्यसमध्ये ५० जना विद्यार्थीहरू पढ्नकै लागि जाने तयारीमा रहेको बताए ।

एक दशकभन्दा अगाडिदेखि नै नियोले अष्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्डलगायतका देशमा विद्यार्थीहरूलाई पठाउँदै आइरहेको छ । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै अष्ट्रेलियाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूले परामर्श प्रदान गरेका थिए ।

‘डेढ यस जति फेयरमा सहभागी भए, तर पोटेन्सियल विद्यार्थीहरू ५० जना जति छन्, उनीहरू लगभग जाने खालका छन्’–उनले भने । विदेशमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरूलाई कहाँ र कसरी जाने भन्ने बारेमा ज्ञान नहुने भएकाले पनि शैक्षिक परामर्श कार्यक्रम राखिएको उनले बताए ।