ब्लाष्टखबर । पूर्व क्षितिज प्रकाशन प्रालिले प्रकाशित ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिककाे रजत महाेत्सवकाे अवसरमा  आज प्रदेश एकका विभिन्न आठ ठाउँमा रक्तदान कार्यक्रम भइरहेकाे छ । 

साेहि अवसरमा ब्लाष्टकाे आयाेजाना तथा नेपाल रेडक्रस सोसाइटी सुनसरीकाे प्राविधिक सहयाेगमा धरान स्थित लाेकतान्त्रीक चाैकमापनि  रक्तदान  कार्यक्रम भइरहेकाे छ । उक्त कार्यक्रममा ब्लाष्टका  कर्मचारी तथा पत्रकारहरूका साथै  स्थानियहरूले रक्तदान गरीरहेका छन् ।

 रक्तदान कार्यक्रममा धरान उपमहानगरपालिका १३ नम्बर वाडाका वाडा अध्यक्ष नेत्र काफ्ले, बराह ग्रुप प्रदेश एक संयाेजक मानबहादुर बिकलगायतकाे उपस्थिति रहेकाे छ।

स्थापनाकाे २५ वर्षा पुरा गरेकाे माेफसलबाट प्रकासन हुने  पहिलो ठूलो आकारको रङ्गिन दैनिक पत्रिका ब्लाष्टले आज धरानकाे लाेकतान्त्रीक चाैतारी (भानुचाैक),  इटहरीकाे ब्लाष्ट टाइम्स कायर्लयकाे प्रङ्गमा, इनरूवाकाे मदन भण्डारी चाैक(सखुवा गाछि), विराटनगरकाे ट्रफिक चाैक, विराटचोककाे सारङ्गी एफएम छेउ, दमककाे दमचाैक, विर्तामोडकाे मुक्ती चाैक, धनकुटाकाे  धनकुटा ७ बसपार्कमा  रक्तदान कार्यक्रम भई रहेको छ ।

blood-donation blood-donation2 blood-donation4