लक्ष्मीमार्ग । पूर्व क्षितिज प्रकाशन प्रालिद्धारा प्रकासीत लोकप्रिय राष्ट्रिय दैनिक ब्लाष्ट टाइम्सको २५औँ वर्ष पुगेको अवसरमा रजत महोत्सव मनाउने क्रममा बिराटचोक स्थीत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाईटी मोरङको प्रविधीक सहयोगमा व्लाष्ट टाईम्स दैनिक बिराटचोक शाखाले शुक्रवार रक्तदान कार्यक्रम गरेको हो । ‘रक्तदान जीवन दान’ भन्ने मुल नाराको साथ सुरुभएको उक्त कार्यक्रममा २९ पिन्ट रगत संकलन भएको शाखा प्रमुख ज्ञानु खड्काले बताउनु भयो ।

उक्त कार्यक्रमको प्रमुख अतिथीका रुपमा सुन्दरहरैचा वडा नम्बर ९का वडाध्यक्ष राजकुमार कार्की र विशिष्ट अतिथीका रुपमा कोशिहरैचा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज चापागाँई रहनुभएको थियोभने केपि घिमिरेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । रक्तदाताहरुलाई आयोजकले प्रमाणपत्र समेत प्रदान गरेको थियो ।

70152816_476907909560391_3459797015368564736_n