धरान/शुक्रबारदेखि जारी प्रदेश १ स्तरीय अण्डर–१४ प्रथम एन्फा एकेडेमी कप फुटबल प्रतियोगितामा धरानले विजयी शुरुवात गरेको छ ।

धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा शुरु भएको प्रतियोगितामा राष्ट्रिय जागृती फुटबल एकेडेमीलाई १०–० फराकिलो गोल अन्तरले हराएको हो । धरान सेमिफाइलनमा प्रवेश गरेको छ । खेलमा ४ गोल गरेका आयुष गुरुङ म्यान अफ द म्याच घोषित भए । विषन ओझाले ह्याट्रिक पूरा गर्दा असिमजंग कार्कीले २ गोल र सक्षम सिन्तेले एक गोल गरेका थिए ।

शनिबार न्यू स्टार फुटबल एकेडेमी भरौल र एम्ब्रीय क्लब एकेडेमी मोरङबीच पहिलो खेल हुँदै छ भने मार्गदेवी युवा क्लब धनकुटा र विराटनगर फुटबल एकेडेमीबीच दोस्रो खेल हुने आयोजकले जनाएके छ । असोज ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँ पाउने छ । प्रतियोगिताको उद्घाटन एन्फा एकेडेमी सञ्चालन समितिका अध्यक्ष किशोर राई, धरान नगरका पूर्व उपमेयर मीन सुब्बाले गरेका थिए ।