धरान डेस्क । पूर्व क्षितिज प्रकाशन प्रालिद्वारा प्रकाशित प्रदेश १ को लोकप्रिय दैनिक ब्लाष्ट टाइम्स दैनिकले रजत महोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम शुभारम्भ गरेको छ ।

सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ रक्तदान कार्यक्रमबाट गरेको छ । प्रदेश १ का धरान, इटहरी, इनरुवा, विराटनगर, विराटचौक, दमक र बिर्तामोडमा एकसाथ रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

ब्लाष्ट आउँदो असोज २ गतेबाट २५ औं वर्षमा प्रवेश गर्दै छ । यही अवसर पारेर ब्लाष्टले साताव्यापी कार्यक्रम बनाएको प्रालिका प्रबन्ध निर्देशक तथा ब्लाष्ट टाइम्स दैनिकका सम्पादक किशोरकुमार कार्कीले जानकारी दिए । यसक्रममा धरानमा सम्पन्न रक्तदानमा २५ युनिट रगत सङ्कलन भएको छ ।

प्रतिकूल मौसमका कारण सोचेअनुरूपको रक्तदान हुन नसकेको उपप्रबन्ध निर्देशक दीपेन्द्रकुमार कार्कीले बताए । यसैक्रममा इटहरीमा भएको रक्तदानमा १ सय ३ युनिट रगत सङ्कलन भएको छ । प्रदेश १ मध्ये इटहरीमा सबैभन्दा बढी रक्तदान भएको इटहरी शाखा प्रमुख सुनिल अधिकारीले जानकारी दिए । इटहरी शाखापरिसरमा भएको रक्तदानको उद्घाटन उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष भीमबहादुर पौडेलले गरेका थिए ।

blood-itahari

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखा सभापति विमल पौडेल, ट्युटेरियन सोसाइटी इटहरीका अध्यक्ष हीरा आचार्य, नेपाल पत्रकार महासङ्घ सुनसरी अध्यक्ष अमर खड्का, स्किल कलेज इटहरीका कार्यकारी प्रमुख पृथ्वीराज पराजुली, सङ्गीत साधना प्रतिष्ठान इटहरीका राजु केसीलगायतको सहभागिता रहेको थियो ।

blood-itahari2

कार्यक्रममा १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय, सशस्त्र प्रहरीको वराह वाहिनी पकली, एक नम्बर प्रहरी गुल्म दुहबी प्रहरी, गोरखा डिपार्टमेण्ट स्टोर, स्टिल कलेज इटहरी, प्रिमियर स्कुल इटहरी, धनकुटा इटहरी सम्पर्क समाज इटहरी, इटहरी जेसिजसहित इटहरीका विभिन्न कलेज तथा सङ्घ–संस्थाका प्रतिनिधिहरूले सहभागिता तथा सहयोग गरेका थिए ।

blood-itahari3

कार्यक्रममा सरस्वती कृषक समूहका प्रबन्धक अनिल अधिकारी, सरस्वती मावि इटहरीका प्रिन्सिपल लेखनाथ भट्टराई, इटहरी–३ का वडाध्यक्ष बालकृष्ण विष्ट, साङ्ग्रिला डेभलप्मेन्ट बैङ्क इटहरीका शाखा प्रबन्धक उमेश खड्का, मञ्जुश्री फाइनान्स लिमिटेड इटहरीका शाखा प्रबन्धक रविना श्रेष्ठ, सप्तकोशी डेभलप्मेन्ट बैङ्क इटहरीका शाखा प्रबन्धक अमित दङ्गाल, प्रिमियर होटल तथा कलेज इटहरीका कार्यकारी प्रमुख सुनिल भूषाल, धरान इण्टरनेशनल कलेजका कार्यकारी प्रमुख लोकेन्द्र श्रेष्ठ, विश्व आदर्श कलेजका सञ्जीव घिमिरे, तालतलैया एकेडेमी इटहरीका प्रिन्सिपल सञ्जीव बस्नेत, क्रिम्सन एकेडेमी इटहरी–२ का डाइरेक्टर प्रकाश खतिवडा, समाजसेवी तुलाराम दङ्गाललगायतको सहभागिता रहेको थियो ।

blood-sundar

त्यस्तै विराटचोक शाखाले सम्पन्न गरेको रक्तदानमा २९ युनिट रगत सङ्कलन भएको शाखा प्रमुख ज्ञानु खड्काले बताए । सुन्दरहरैंचा वडा नम्बर ९ का वडाध्यक्ष राजकुमार कार्कीको प्रमुख उपस्थितिमा भएको कार्यक्रममा कोशीहरैंचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज चापागाईं रहेको कार्यक्रम सञ्चालक केपी घिमिरेले बताए । कार्यक्रममा रक्तदाताहरुलाई प्रमाण–पत्रसमेत प्रदान गरिएको थियो ।

aaa

त्यस्तै झापाको बिर्तामोड शाखाले आयोजना गरेको रक्तदानमा ४८ युनिट रगत सङ्कलन भएको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा भएको रक्तदानको उद्घाटन नेपाल चेम्बर अफ कमर्स प्रदेश नम्बर १ का अध्यक्ष राजेन्द्र घिमिरेले गरे ।

उनले सरकारले अािर्थक समृद्धिको कुरा गरे पनि त्यसको आधार तयार गर्न नसकेको आरोप लगाए । उनले सञ्चारकर्मी र व्यवसायी एक–आपसमा परिपूरक भएको बताए । व्यवसायी र सञ्चारकर्मीको सहकार्यबाट मात्र समृद्धि सम्भव हुनसक्ने उनले बताए ।

कार्यक्रममा अग्रज व्यवसायी शेरबहादुर थापाले मुलुक निर्माणका लागि निर्माण व्यवसायी र सञ्चारकर्मीले सहकार्य गर्नुपर्ने बताए । ब्लाष्ट टाइम्स दैनिकका भद्रपुर प्रमुख उत्तम नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिथिहरूलाई बिर्तामोड कार्यालयका प्रमुख प्रेम आचार्यले स्वागत गरेका थिए ।

कार्यक्रम सञ्चालक उद्धव पुरीका अनुसार कार्यक्रममा बिर्तामोड नगरपालिका–५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, ट्राफिक प्रहरी प्रमुख होमप्रसाद अधिकारी, पत्रकार महासङ्घ झापाका उपाध्यक्ष एकराज गिरीलगायतको सहभागिता रहेको थियो ।

blood-brt1

त्यस्तै विराटनगर शाखाले आयोजना गरेको कार्यक्रममा ४७ युनिट रगत सङ्कलन भएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले रगत दान गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए । उनले विराटनगरस्थित नोबेल मेडिकल कलेजको एनआइसियुमा रहेका २९ दिनको नवजात शिशुमा ताजा रगत आवश्यक परेपछि ब्लाष्टको रजत महोत्सवको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा रक्तदान गरेको बताए ।

69952965_3083196615055615_5406894617666781184_n

विराटनगरमा भएको रक्तदानमा रगत दिदै विराटनगरको प्रमुख भिम पराजुली। तस्विर : ब्लाष्ट अनिल श्रेष्ठ

नवजात शिशुका बुबा दुर्गाराज पौडेलले एनआइसियुमा रहेकी छोरीलाई फ्रेस बी पोजेटिभ रगत आवश्यक भएकोले रक्तदानस्थलमै आएका थिए । ‘ब्लाष्टको रजत महोत्सवको अवसरमा रक्तादन हुँदै गरेको जानकारी पाएर यहाँ आएको हुँ’ नवजात शिशुका बुबा पौडेलले भने, ‘आएलगत्तै रगत पनि पाएँ ।

प्रक्रिया पूरा गरी अस्पतालमा रहेकी छोरीलाई रगत पनि दिइसक्यौं ।’ मोरङको कानेपोखरी गाउँपालिका–६ घर भएका पौडेलले छोरीलाई श्वास–प्रश्वासको समस्या भएर नोबेलको एनआइसियुमा राखेर उपचार गर्र्दै आएका छन् ।

brt 1

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख पराजुलीले ब्लाष्ट पत्रिकाले आफ्नो रजत महोत्सवमा कसैले पनि रगत नपाएर ज्यान जान नदिन सामाजिक काम गरेको बताए ।

कार्यक्रममा समाजवादी पार्टीको केन्द्रीय सदस्य तथा समाजसेवी तेजलाल कर्ण, मोरङ प्रहरीका डिएसपी घनश्याम श्रेष्ठ, सशस्त्र प्रहरीका डिएसपी प्रदीपकुमार बस्नेत, मोरङ ट्राफिक प्रमुख शिवकुमार पोखरेल, मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष गोपाल अग्रवाललगायतको उपस्थिति रहेको थियो ।

ब्लाष्टका सञ्चालक तथा कार्यक्रम संयोजक दिलिप घिमिरेकोे अध्यक्षतामा विराटनगरमा कार्यक्रम भएको थियो । रक्तसञ्चार केन्द्रमा चरम रगत अभावलाई पूर्ति गर्ने र रगत नपाएर कसैको पनि ज्यान नजाओस् भनेर आयोजना गरिएको रक्तदान कार्यक्रममा जनप्रतिनिधिहरू, राजनैतिक दलका नेता, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनपथ, ट्राफिक प्रहरी, उद्योगी, व्यवसायी, पत्रकार र सर्वसाधारणले रक्तदान गरेका थिए ।

pic-7

 

त्यस्तै धनकुटा शाखाले गरेको रक्तदानमा २३ युनिट रगत सङ्कलन भएको छ । कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले रक्तदाता बालकृष्ण खत्रीलाई रगत ब्याग प्रदान गर्दै उद्घाटन गरे । उनले ब्लाष्ट टाइम्स दैनिकले समाज रूपान्तरणको लागि पत्रकारिताको माध्यामबाट पुर्याएको योगदान अतुलनीय रहेको बताए । पहाडी जिल्लाहरूमा ब्लाष्टले आफ्नो छाप बसाउन सफल भएको भन्दै थप सफलताको शुभकामना दिए ।

pic-2 1

 

त्यसैगरी पत्रकार महासङ्घ धनकुटा शाखाका पूर्वअध्यक्ष विजयसन्तोषी राईले ब्लाष्ट पत्रिका विकृति, विसङ्गति, अन्याय, अत्याचार र भ्रष्टाचारविरुद्ध लड्ने १ नम्बर प्रदेशको सशक्त पत्रिका भएको बताए । कार्यक्रममा पत्रकार महासङ्घ धनकुटा शाखाका अध्यक्ष राजेश्वर श्रेष्ठ, किरात आठपहरिया समाजका अध्यक्ष सरकुमारी आठपहरिया, आदिवासी जनजाति नगर महासङ्घ धनकुटाका अध्यक्ष रविन खड्गीलगायतले शुभकामना दिएका थिए ।

पत्रकार महासङ्घ धनकुटा शाखाका संस्थापक अध्यक्ष सञ्जयसन्तोषी राईको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रमको उद्घाटन सत्रमा ब्लाष्ट टाइम्स दैनिक धनकुटा शाखाका प्रमुख सन्तवीर लामाले रजत महोत्सवको बारेमा प्रकाश पारेका थिए । उनले ब्लाष्ट राष्ट्रिय दैनिक समाचार पत्रले आफ्नो २४ वर्षे यात्रामा आम समुदायमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

pic-1

नगरपालिकाका प्रमुख चिन्तन तामाङ रक्तदाता बालकृष्ण खत्रीलाई ब्लड व्याग रक्तदान गर्न हस्तान्तरण गर्दै ।

यस्तै इनरुवा शाखाको आयोजना भएको क्तदानमा ४ महिलासहित २२ जनाले रक्तदान गरेका थिए । इनरुवा–३ का वडाध्यक्ष कालुराम गुरुङको प्रमुख उपस्थितिमा भएको कार्यक्रममा उनले पत्रकारिता क्षेत्रबाट मात्र नभएर सामाजिक उत्तरदायित्वका लागि समाजसँग नजिक बन्न आग्रह गरे ।

कार्यक्रममा संयोजक ब्लाष्ट टाइम्स दैनिककी सरिता घिमिरे, राजन निरौलालगायतका वक्ताहरूले ब्लाष्ट महोत्सव बारे बोलेका थिए भने कार्यक्रमको सञ्चालन पत्रकार राजेन्द्र पोखरेलले सञ्चालन गरेका थिए ।
यस्तै दमकमा सम्पन्न रक्तदानमा ३४ युनिट रगत सङ्कलन भएको छ ।