उर्लाबारी । आगामी असोज ४ गते  उर्लाबारीमा हुने उर्लाबारी रनको प्रचार प्रसार गर्ने उद्देश्यले शनिबार मोटसाइकल र्याली गरिएको छ ।

विश्व शान्ति दिवसको अवसरमा उर्लाबारी–६ स्थित सामुदायिक विकास मञ्चको आयोजनामा हुने उक्त प्रतियोगिताको प्रचार प्रसार गर्न मोटरसाईकल र्याली गरिएको हो । उर्लाबारीको मंगलबारे, बरगाछी, उर्लाबारी चौक, सूर्य चौक, मिक्लाजुङको मधुमल्ला लगायतमा मोटरसाईकल र्याली गरिएको कार्यक्रम संयोजक प्रभू राईले बताएका छन ।

‘स्वास्थ्यका लागि दौड’ भन्ने मुख्य नाराका साथ आयोजना गरिने सो प्रतियोगितामा ७ सय भन्दा बढीको सहभागिता रहने बताउदै“ संयोजक राईले बालबालिका, महिला, पुरुष र भेट्रानको दौड प्रतियोगितामा सहभागीता रहने बताएका छन ।

राष्ट्रि उर्लाबारीको पहिचान गराउने उद्देश्यले सो प्रतियोगिता आयोजना गर्दै आएको सामुदायिक विकास मञ्चका अध्यक्ष ढुण्डुराज भट्टराईले बताउदै“ प्रतियोगितामा करिब ५ लाख २४ हजार ५ सय रुपैया“ खर्च हुने अनुमान गरिएको छ । सो मञ्चले विगत देखिनै प्रतियोगिताको आयोजना गर्दै आएको छ ।