श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि.सं.२०७६ साल भाद्र २९ गते आइतबार, १५ सेप्टेम्बर २०१९ । आश्विन कृष्णपक्षको प्रतिपदा तिथि १०ः४४ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र उत्तरभाद्रपदा २३ः१८, उप्रान्त रेवती । चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः४९ र सूर्यास्त ६ः०७ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धन आर्जका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पारिवारिक जीवनमा खुशीयाली छाउला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला ।बिछोडिएका साथीसित भेट होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । अवरुद्ध रहेका कामकमाज सुचारु हुनेछन् । मातृपक्षबाट सहयोग मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा पशुचौपाया आदिको व्यापार व्यवसायमा मन जानेछ ।साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा मन जाला । नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । मित्रमिलनको योग छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आँखा सम्बन्धी समस्याले निकै सताउला । अनावश्यक काममा धन खर्च होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बोलीको प्रभाव बढ्नेछ । व्यापार व्यवसायमा सोचेभन्दा राम्रो सफलता मिल्ला । शुभ समचारले मन प्रसन्न बन्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेटहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय सामान्य खालको छ । शिर तथा आँखा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । परिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । मन प्रसन्न बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आम्दानीका स्रोतहरू पत्ता लाग्नेछन् । नोकरीमा बढुवा तथा स्थानान्तरण हुनेछ । रमाइलो वातावरणमा दिन बित्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । जग्गा जमिन तथा वाहन खरिद हुनेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसार मिल्ला ।