सुनसरी । इटहरी टेवल टेनिस एकेडेमी सुनसरीको आयोजनामा आइतबारदेखि अन्तर विद्यालय टेवलटेनिस प्रतियोगिता शूरु भएको छ ।
पहिलो पटक आयोजना गरिएको प्रथम अन्तर विद्यालय टेवल टेनिस प्रतियोगितामाको उद्घाटन उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीमबहादुर पौडेलले गरे । प्रतियोगिताको उद्घाटन गर्दै संघका अध्यक्ष पौडेलले खेलकुदक्षेत्रबाट विद्यार्थीहरुको मानसिक र शारिरिक रुपमा विकास गर्न सकिने बताए ।

प्रतियोगी विद्यार्थीहरुलाई उत्कृष्ट प्रस्तुती गर्न शुभकामना दिदै एकेडेमीका अध्यक्ष राजेश भट्टराईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका ८ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको आयोजिक समितिका युगप्रिय निरौलाले जानकारी दिए ।