श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि. सं. २०७६ साल भाद्र ३० गते सोमबार, १६ सेप्टेम्बर २०१९ । आश्विन कृष्णपक्षको द्वितीया तिथि १३ः३५ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र रेवती २३ः१८, उप्रान्त अश्विनी । चन्द्रमाराशि मीन, सूर्योदय ५ः४९ र सूर्यास्त ६ः०७ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अरूको काममा बढी समय दिनुपर्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मुद्दा–मामिलामा तपाईंको विजय होला । नपत्याएका व्यक्तिहरूबाट सहयोग मिल्ला । रमणीय स्थानको भ्रमण होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा नयाँ सदस्यको आगमन हुनेछ । अतिथि आगमन होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन–अध्यापनमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । कार्य व्यस्तताले परिवारबाट टाढा हुनुपर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुन–चा“दी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शरीर अस्वस्थ रहला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला । अनावश्यक कामको झन्झटमा फसिएला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । वैदेशिक क्षेत्रको काममा विशेष लाभ मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक सङ्कटको सामना गर्नुपर्ला । बन्न लागेको काममा बाधा आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । नयाँ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । अवरोध रहेका काम सुचारु हुनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मुद्दा–मामिलामा तपाईंको विजय होला । मातृपक्षको विशेष सहयोग मिल्ला । माया– प्रेमको सम्बन्ध विस्तार हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइहरूसित रमाइलो भेट होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सुन–चाँदी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । वस्त्र तथा आभूषण प्राप्त होला । लाभदायक यात्रामा सरिक भइएला ।