मधुमल्ला । झट्ट् शुन्दा अचम्म लाग्न सक्छ माध्यमिक शिक्षा अध्ययनका लागि दैनिक १० घण्टा पैदल हिँडेर विद्यालय आउनु पर्छ भन्नदा ? तर बास्तिविकता भने यस्तैछ । सुन्दै कुनै दन्ते कथाको केही अंश जस्तो लाग्ने यो बास्तिविकता भने नेपालकै सुगम भनेर चिनिने मोरङ जिल्लाको मिक्लाजुङ गउँपालिका वडा नं. १ को हो ।

मिक्लाजुङ गाउँपालिका वडा नं. १ आहालेकी सोनीया राई बिहान सबेरै ५ः३० बजे नै बिद्यालय पढनजान घर बाट मिक्लाजुङ १ रमितेमा रहेको टाँडी मा.वि.जान भनेर निस्कन्छीन् । मिक्लाजुङ १ मा पर्ने आहाले बाट बिद्यालय टाँडी मा.वि. आइ पुग्न उनिलाई करिब एकहोरो पाँच घण्टा लग्छ । बिहान सेबेरै घरबाट खानाखाएर निस्कने उनलाई कहिले काँहि तः बाटामा आउँदा आउँदै भोक लाग्ने गरेको उनि बताउँछीन् ।

सोनिया मात्र हौ नै सोनीया जस्तैहरु ५०–६० जाना छात्रछात्राहरुको पिडा सोनियाको जस्तै छ । मिक्लाजुङ १ कै कोलबोटेका कबिन राईको पिडा पनि उस्तै छ । उनि पनि बिहान सबेरै ६ बजे नै बिद्यालय आउनु पर्ने बाध्यता रहेको बताउँछन् । बिहान सबेरै उठेर घरमा बनेको खाना खाई हतार हतार विद्यालय आउनु पर्ने र यती हत्तार गरेर आउँदा पनि कहिले काँही कक्षा छुट्ने गरेको कबिन राईले बताए उनि भन्छन् स्थानीय सरकार, प्रदेश सरकार वा केन्द्र सकरका कशैले हाम्रो यो पिडा सुनेर छात्राबास निर्माण गरिदिए अध्ययन अध्यापनमा सहज हुने कबिनले बताए ।

अर्की छात्रा मिक्लाजुङ १ गुदुर्मकी कक्षा १० की छात्रा सबिना राई बिहान आउउँदा त उज्यालो हुने तर बेलुकी फिर्दा राती हुने हुँदा घर पुग्नका लागि टर्च लाईट बोकेर बिद्यालय अध्ययन गर्नआउनु पर्ने बताउँछीन । छोटा दिनहरु भएको बेलामा बिद्यालय बाट शिक्षकहरु ३ बजेनै बिदा मागेर घर जानु पर्ने बाध्यता रहेको बताईन ।

छिट्टै बिदामागरे घर फर्कनु पर्छ बाटैमा रात पर्छ टर्च बालेर साथीभई गफ गर्दै राति ७–८ बजे सम्ममा घर पुुग्छौं । विद्यालयमा एउटा छात्राबास भई दिए कम्तीमा ढुक्कले पढेर सरहरुले दिएको गृर्हकार्य सम्म सहज रुपमा गर्न पाउँदा पढाईमा समेत सुधार आउनले बताईन उनी भन्छिन । सरकारले एउटा छात्राबास बनाइदिए हामी आभारी हुने थियौं ।

छात्राबास बनाउन आफुले पटक पटक गाउँपालिकामा प्रस्ताब गरे पनि आफ्नो कुराको सुनवाई नभएको टाँडी मा.वि.का प्र.अ. अमृत राईले बताए । उनले भने पटक पटक पहल गरीयो तर हाल सम्म पनि छात्रासको कुरा सुनवाई नभएको राईले बताए ।

राज्य पन संरचान पुर्व साविकको रामिते खोला गाविसमा रहेको सम्पुर्ण भाग राज्य पुन संरचाना भए संगै मिक्लाजाुङ गाउँपालिका वडा नं. १ मा पर्छ । मिक्लाजुङ गाउँपालिकामा ३८ वडा समुदायिक विद्यालयहरु मध्ये १० वटा सामुदायिक विद्यालय वडा नंं १ मा रहेको र त्यसमा ९ वडा आधारभुत र एउटा मा.वि. रहेको मिक्लाजुङ गाउँपालिका वडा नं. १ का वडाध्यक्ष नरबहादुर राईले बताए ।

वडा नं. १ को भुगोल पनि आफैमा फराकीलो भएको र टाढा–टाढा बाट विद्याथीहरुलाई अध्ययन गर्न आउन सम्स्या रहेकाले टाढाका विद्यार्थीहरुको अध्ययनका लागि एउटा छात्राबास आवश्यक रहेको राई बताउँछन । वडाको बजेट बाट भौगलिक रुपमा ठुलो वडा भएकाले केही गर्न सकिएन वडा बाट घाटा मर्मतमै रकम सकिने गरेको र गाउँपालिकाको कुल बजटेबाट एउटा छात्राबास बनाउनु आवश्यक रहेको राईले बताए ।

यस विषयमा मिक्लाजुङ गाउँपालिकाका शिक्षा अधिकृत काशिनाथ खनाल संग बुझ्दा विद्यार्थीहरुको आभास कार्यक्रम अन्र्तगत केही रकम छुट्टीएको तर काम शुरु नभएको बताए । साथै टाँडी मा.वि.का लागि छात्राबास निमार्ण गर्न प्रदेश सरकार संग माग गरिएको बताए । प्रदेश सरकार संग छात्राबास निमार्णका लागि बजेट माग गरेको भएपनि सो उप बजेट नपरेको बुझीएको छ ।