भद्रपुर । झापाका एक कृषक राष्ट्रिय शिखर कृषक अवार्ड –२०७६ बाट पुरस्कृत भएका छन् ।

 प्रदेशका उत्कृष्ट ७ कृषकहरुसँगै १ नम्बरबाट झापा विर्तामोड १० फेसबुक चोक स्थित विशाल कृषि फर्मका विशाल राइ उत्कृष्ट कृषक सम्मान अवार्डबाट पुरस्कृत भएका हुन् ।

 शिखर नेपालको आयोजनामा राष्ट्रिय सभा गृहमा शनिबार भएको कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेरलले प्रथम राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६ बाट १५ हजार रुपैयाँ नगद  र अवार्ड सहित राइलाइ सम्मान गरेका थिए ।नेपालमा नै पहिलो पटक पङगास जातको माछाका भुरा उत्पादन गरी आत्मनिर्भर भएको उच्च मूल्याङ्कन गर्दै पुरस्कृत गरेको राइले बताए । प्रदेश १ बाट १ सय १५ जनाको सिफारिस परेकोमा छनौट गरी ५ जना भित्र परेको उनले जनाए । त्यसपछि छनौट गर्दा उत्कृष्ट भएको उनले सुनाए । यो भन्दा अघि २०७४मा पनि राष्ट्रिय युवा प्रतिभा सम्मान प्राप्त गरिसकेको उनले बताए ।

कार्यक्रममा उप्रधानमन्त्री पोख्रेरलले सरकारले कृषिलाई पहिलो प्रथामिकतामा राखेको बताए । उनले कृषि प्रधान देश भनेर आयात गर्नु दुख भएको भन्दै अब कृषिलाई निर्यात गर्ने गरि काम गर्ने धारणा राखेका थिए । कृषकहरुलाई प्रोत्साहनसगैँ उनीहरुको क्षमताको कदर गर्ने उद्देश्यसहित राष्ट्रिय शिखर कृषक अवार्ड –२०७६ प्रदान गरिएको अध्यक्ष शेखर खनालले बताए ।