बुटवल / रूपन्देही जिल्लाको एक मात्र उपमहानगरपालिका बुटवल हो । यो शहर तिनाउ अथवा तिलोत्तमा नदिको किनारमा अवस्थित रहेको छ । बुटवलको २२ किमि दक्षिणमा भैरहवा शहर रहेको छ । यो नगर पश्चिम नेपालको प्रवेशद्वारको रूपमा रहेको छ । यो नगर महेन्द्र राजमार्ग तथा सिद्दार्थ राजमार्ग द्वारा नेपालको पूर्व पश्चिम तथा उत्तर दक्षिण जोडीएको छ । यातायातको सुविधा तथा भौगोलिक अवस्थितिको कारणले बुटवल पश्चिम नेपालको एक प्रमुख व्यापारिक केन्द्रको रूपमा विकास भैरहेको छ । एक लाखको हाराहरी जनसङ्ख्या रहेको बुटवल द्रुतगतीमा बिस्तारीत भइरहेको छ । यातायातको केन्द्र रहेको बुटवलमा आधुनिक बसपार्कसमेत रहेको छ ।

butwal_bus_park4
भौतिक पूर्वाधार र विकासमा प्रदेश ५ को राजधानी बुटवल गति लिइरहेको पाइन्छ । यो शहरलाइै ‘बटौली’ नामबाट पनि चिनिदैं आएको छ । स्थामनीय बुढापाका अनुसार यहाँ पहिले भारतका व्यापारी नुन तथा कपडा बेच्न आउँथे । पहाडका घिउ, मह, सुठो र जडीबुटी बेचेर नुन र कपडा किनेर लैजान्थे । तिनाउ पारि बटौली चहलपहलयुक्त बजार थियो । यहाँ सामान किन्नेको भीडभाड हुन्थ्यो ।

Butwal_bus_park3
बुटवल लाहुरेहरुको शहर पनि हो । भारत र बर्मा काम गर्न आउजाउ गर्ने लाहुरे यही बास बस्थे । रातिमा दोहोरी घन्कन्थे । भारतीय सीमा बेलहियादेखि बुटवलसम्म १९९० देखि नै गाडी चल्थ्यो । त्यतिबेला दैनिक ४÷५ वटा गाडी आउँथे । बयलगाडा लिएर भारतीयहरू तमाखु बेच्न आउँथे । पहाडतिरका लाहुरेहरु पछि यतै घरजम गरेको पाइन्छ । ०१६ मा यो बुटवल नगर पञ्चायत थियो । त्यतिबेला ९ वडा थिए । ०४८ मा यसलाई विस्तार गरी १५ वडा पु¥याइयो । ०७१ मंसिर १६ गते साबिक मोतीपुर र सेमलार गाभिएर बुटवल उपमहानगरपालिका बन्यो । वडा २२ भए । पछिल्लो पुनःसंरचनाले यसको क्षेत्र परिवर्तन गरेन बरु वडा मात्रै घटाएर १९ मा झारेको छ । पछि प्रदेश ५ को राजधानी पनि तोकिएको छ । प्रदेशका सबै संरचनाहरु यहाँ रहेका छन् ।
सामाजिक विकास मन्त्रालय नजिकै रहेको बस पार्क नेपाल भर यात्रा गर्नका लागि बस पाइन्छ । यहाँबाट भारतको नयाँ दिल्लीसमेत बस जाने गरेको छ । बस पार्कको सडक पेटीमा व्यवसायी गरेर खानेहरुको जमात पनि निकै ठूलो छ । यहाँको बस पार्कमा दिउसो ३ बजे पनि सुँगुर, खसी तथा कुखुराको सेकुवा पाइन्छ । ठेलामा सेकुवा पोलेर आउजाउ गर्ने यात्रुहरुलाई स्थानीय पहिलाहरुले सेवा दिने गरेका छन् । यस बस पार्कको सेकुवा देशभर फेमस छ ।

butwal_bus_park butwal_bus_park5 butwal_bus_park6 Butwal_bus_park7 Butwal_bus_park8 butwal_bus_park9 Butwal_bus_park10 butwal_bus_park 1