मधुमल्ला । मोरङको उर्लाबारी नगरपालिका वडा नं. सालबारीमा नयाँ पेपर ब्याग उद्योग सञ्चालनमा आएको छ ।
स्थानीय सुरेश धिमालले बुढाठाकुर महाराज पेपर ब्याग उद्योग सञ्चालनमा ल्याएको हुन । करिब ३५ लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको पेपर उद्योग प्रदेश नं. १ कै पहिलो भएको सञ्चालक धिमालले दाबी गरे ।

प्लाष्टिक झोलाको बढ्दो प्रयोग घटाउदै बातावरण प्रदुषण नियन्त्रमा सहयोग उद्देश्य अनुसार पेपर ब्याग उद्योग सञ्चालनमा ल्याएको उनले जानकारी दिए । ५ मिनेटमा ५० केजीसम्म पेपर ब्याग उत्पादन गर्न सकिने र प्रदेश नं. १ भरी नै उत्पादित ब्याग पु¥याउने लक्ष्य रहेको उनले बताए ।

पूर्वका विभिन्न शहरहरुमा प्लाष्टिक झोला मुक्त गरिएपनि कार्यान्वय हुन नसकेको अवस्थामा कागजको ब्याग फलदायी हुने उर्लाबारी नगरपालिका वडा नं. २ का वडाध्यक्ष राजन कँडेलले बताए । कंडेलले यस्ता उद्योगहरुलाई स्थानीय तथा प्रदेश सरकारले समेत प्रोत्साहन गर्नु पर्नेमा जोड दिए ।