धरान  / ब्लाष्ट टाइम्स दैनिकले आज २५ वर्ष पुगेको अवसरमा रजत महोत्सव मनाएको छ । धरानमा भव्य कार्यक्रम गरि २५ बर्षसम्म निरन्तर यात्रा गरिरहेको अवसरमा रजत जयन्त्री मनाएको हो ।

IMG_0974
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्म्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिकाका प्रमुख भीम घिमिरेलगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।
मुख्यमन्त्री राईले ब्लाष्टको २५ औ. बर्ष प्रवेशको लोगो बेलुनमा राखेर आकाशमा उडाएर कार्यक्रमको उद्घाटन गएिको थियो ।

IMG_0964 (1)
ब्लाष्ट दैनिकका प्रबन्ध निर्देशक किशोरकुमार कार्कीले स्वागत गरेको कार्यक्रममा उत्कृष्ट विज्ञापनदाता, उत्कृष्ट ब्लाष्टकर्मी तथा प्रदेश १ का २ अग्रज पत्रकारहरुलाई सम्मानसमेत गरिएको थियो ।
उदयपुरका पत्रकार कौशल चेम्जोङ, मोरङका पत्रकार यज्ञ शर्मालाई नगदसहित सम्मान गरिएको थियो । यस्तै उत्कृष्ट सम्पादक भोजराज श्रेष्ठ, विज्ञापन व्यवस्थापनमा राम खनाल, सुदिप लम्साल, लेखा प्रमुख रीता लिम्बु, बजार व्यवस्थापनमा नारायण अधिकारी, कम्पनि अाइकन दिलिप घिमिरे, डिजाइनर सञ्जय शर्मा, उत्कृष्ट शाखा प्रमुख सुनिल अधिकारी,  लामो समयदेखि ब्लाष्टमा कार्यरत धनकुटा शाखा प्रमुख सन्तविर लामा, वितरक  नविन विकलगायतलाई पुरस्कृत गरिएको थियो । ब्लाष्टका नियमित स्तम्भकार राजेन्द्र किराती, अकलबहादुर मेन्याङम्बो, हरेराम कर्मचार्यलाईसमेत सम्मान गरिएको छ । यस्तै निरन्तर ब्लाष्टलाई विज्ञानपन दिएर सहयोग गर्ने उत्कृष्ट विज्ञापनदाताहरुलाई समेत सम्मान गरिएको थियो ।

70371810_1038937339831264_6245286755130408960_n
कार्यक्रममा प्राध्यापक हरिप्र्रसाद दाहाल, यज्ञ शर्मा, नेकपा प्रदेश सदस्य विजय राई, जिल्ला सचिव रमेश बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
ब्लाष्टको अहिलेसम्मको यात्राको विषयमा प्रबन्ध निर्देशक किशोरकुमार कार्कीले बताएका थिए । प्रधान सम्पादक राजकुमार कार्कीले आमन्त्रित अतिथिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम पूर्वक्षितिज प्रकाशन प्रालिका अध्यक्ष डिल्ली सुब्बाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

blast blast 1 70661831_1678065695658046_854875886938226688_n 70685226_1038937276497937_1696846161656152064_n 70809875_1038937479831250_3160089344140640256_n blast_123 71519287_2498975340170524_4482050612510326784_n