ताप्लेजुङ । रुवा पेल्ने मेशिन पड्कदा ताप्लेजुङमा एकजना भारतियको मृत्यू भएको छ ।

पुराना कपडा पेलेर रुवा बनाउदै हिड्ने भारत बिहारका ३० बर्षीय युनुष मियाको रुवा पेल्ने मेशीन पड्केर मृत्यु भएको हो ।

बिहिबार बेलुका करिव ६ बजे कपडा पेलेर रुवा बनाउन ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका १ नाङ्खोल्याङमा पुगेका मियाको अचानक मेशिन पड्केर छर्राले लाग्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

हिमाली जिल्ला ताप्लेजुङमा हिउँद सिजन सुरु भएपछि गाउँ गाउँमा यसरी पूराना कपडा पेलेर सिरक बनाउन भारतिय मेसिन सहित पुग्ने गरेका छन् ।