धन्यवाद तथा आभार

alt ब्लाष्ट दैनिकको २५ औं रजत महोत्सवको अवसरमा सहभागी अतिथिहरू उद्घाटनको क्रममा । तस्बिरः ब्लाष्ट/उपेन्द्र चाम्लिङ
  • आश्विन ४, २०७६
  • १०४ पटक पढिएको
  • ब्लाष्ट खबर

पूर्वक्षितिज प्रकाशन प्रा.लि द्वारा प्रकाशित ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिक को स्थापना २०५५ असोज २ गते विधिवत रूपमा भएको हाम्रा आम पाठक र शुमेच्छुक महानुभावहरूमा अवगत नै छ । कम्पनी दर्ता हुनु अधिका केही कुराहरू यहा“ स्मरणीय छन् । २०४८ सालमा धरान बचाउ अभियानको रूपमा ब्लाष्ट बुलेटिन प्रकाशन गरिएको थियो ।

त्यस वखतका आन्दोलनका सारथीहरू क्रमश : दुर्गाराज शाक्य, पूर्णश्रेष्ठ, आनन्द श्रेष्ठ, गोपाल देवान, सरिता राई, राजेन्द्र रिमाल,महेश श्रेष्ठ रविशाल भण्डारी हुनुभएको कुरा सहर्ष जानकारी गराउँदै इण्डिपेण्डेन्ट युथ अर्गनाइजेसनको अमियान सम्भवत ०४९ मा समूहको अभियान सफल भएपछि संस्था र बुलेटिनलाई विधिवत रूपमा विघटन गरिएको थियो । त्यसपछि ३ वर्षको समयान्तर पश्चात् पूर्वक्षितिज प्रकाशन प्रा.लि को मातहतमा रहेर तत्कालीन ब्लाष्ट नयाँ कलेवरमा ब्लाष्ट प्रकाशन भएको कुरा सबैमा अवगत गराउँदै बुलेटीनमा आबद्ध साथीहरू सबै प्रति नमन गर्दै हार्दिक आभार व्यक्त गर्न चाहन्छौं ।

साथै असोज २ गते सम्पन्न २५ औं रजत महोत्सव भव्यताका साथ सफल तुल्याउन आफ्नो महत्वपूर्ण समय दिनुभएका प्रदेश नं.१ का मुख्यमन्त्री माननीय शेरधन राई, आन्तरिक मामिला तथा कानून मन्त्री माननीय हिक्मत कार्की, आर्थिक मामिला मन्त्री माननीय इन्द्रबहादुर आङ्वो, सामाजिक विकाश मन्त्री माननीय जीवन घिमिरे तथा मन्त्रालयका सचिवहरू, विभिन्न विधामा सम्मनित हुनुहुने व्यक्तित्वहरू, ब्लाष्ट विज्ञापन दाता, पाठक एवम् शुभेच्छुकहरू लगायत ब्लाष्टका शाखा प्रमुखहरू, कर्मचारीहरूप्रति हार्दिक कृतज्ञतासहित आभार तथा धन्यवाद ज्ञापन गर्दछौं ।
                                                                                                                                                 

                                                                                                                                       

                                                                                                                                                   प्रधान सम्पादक

5-min

ब्लाष्ट दैनिकको २५ औं रजत महोत्सवको अवसरमा सहभागी अतिथिहरू उद्घाटनको क्रममा । तस्बिरः ब्लाष्ट/उपेन्द्र चाम्लिङ
khana
जापानी नागरिकहरू नेपाली राष्ट्रिय गानपूर्व आफ्नो परिचय दिँदै । तस्बिरः ब्लाष्ट/उपेन्द्र चाम्लिङ
 
samman1
पाथीभरा एड्भरटाइजिङ एजेन्सीका प्रतिनिधि हरि भट्टराईलाई मायाको चिनो प्रदान गर्दै ब्लाष्टका सम्पादक किशोरकुमार कार्की । उत्कृष्ट एजेन्सीको रूपमा पाथीभरालाई सम्मानित गरिएको थियो । तस्बिरः ब्लाष्ट/डम्बर कार्की
 
kabita
आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीसँग तस्बिर खिच्दै वक्तृत्वकलामा प्रथम र तेस्रो बनेका सहभागी । तस्बिरः ब्लाष्ट/डम्बर कार्की
 
blast-p
ब्लाष्ट दैनिकमा कार्यरत कर्मचारीहरू आफ्नै हाउसबाट पुरस्कृत भएपछि मुख्यमन्त्री शेरधन राईसँग सामूहिक तस्बिर लिँदै । तस्बिरः ब्लाष्ट/उपेन्द्र चाम्लिङ
 
kabita1
ब्लाष्टका प्रधानसम्पादक राजकुमार कार्कीसँग सामूहिक तस्बिर खिचाउँदै कविता प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो बनेका प्रतियोगी । तस्बिरः ब्लाष्ट/डम्बर कार्की
 
samman
ब्लाष्ट दैनिकलाई वार्षिक रूपमा विज्ञापन दिएर सहयोग गर्ने विज्ञापनदाताहरू सम्मानित भएपछि मुख्यमन्त्री शेरधन राईसहित ब्लाष्टका प्रधानसम्पादक राजकुमार कार्की र किशोरकुमार कार्कीसँग तस्बिर लिँदै। तस्बिरः ब्लाष्ट/डम्बर कार्की

आजको राशिफल, आश्विन

श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि.सं.२०७६ साल

धरानमा पेस्तोलसहित भ

धरान । धरान प्रहरीले एक युवासहित पेस्तोल र भारी परिमाणम

२ लाख नदिदा नेपाली च

विराटनगर /  तिलक स्वरूप २ लाख रुपैयाँ नदिएको विषयल

यसरी बिदाइ गरियो चिन

काठमाडौं  / दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आए


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved