भण्टाबारी । कोशी टप्पु वन्यजन्तु आरक्षको जङ्गली हात्तीको आक्रमणबाट फेरि एकजना घाइते भएका छन् ।
आरक्षको जङ्गली हात्तीको आक्रमणबाट वराह नगरपालिका–११ की अन्दाजी ३५ वर्षीया सत्नीदेवी मण्डल गम्भीर घाइते भएको स्थानीय कुर्वान मन्सुरीले जानकारी दिए ।

मन्सुरीका अनुसार जङ्गली हात्तीको आक्रमणबाट घाइते मण्डललाई उपचारको लागि धरान लगिएको छ । यता कोशी टप्पु वन्यजन्तु आरक्ष पश्चिम कुसाहाका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी गणेश तिवारीले कोशी टप्पु वन्यजन्तु आरक्षको जङ्गली हात्तीको आक्रमणबाट एकजना घाइते भएको पुष्टि गरेका छन् ।