पथरीशनिश्चरे । “लेटाङ नगरको सान, खेलकुदसहितको युवाको पहिचान“ मुख्य नाराका साथ उत्तरी मोरङ्गको लेटाङ्गमा यहि असोज ९ देखि १६ सम्म प्रथम “मेयर कप“ वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

लेटाङ नगरपालिकाको ३ नम्वर वडा कार्यालयले पत्रकार सम्मेलन गरी प्रतियोगिताका विजेतालाई १ लाख १ हजार नगद र उप विजेताले ५१ हजार नगद सहित ट्रफि प्राप्त गर्नेछन् ।

नगरपालिकाको सहयोगमा ३ नम्वर वडाको खेलकुद समिति सहआयोजक रहेको प्रतियोगितामा ४ लाख ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको वडाध्यक्ष देवराज राईले जनाए ।

युवालाई दुव्र्यसनतर्फ लाग्न नदिई खेलकुदतर्फ आकर्षित गर्ने उद्धेश्यले आयोजित प्रतियोगिताका खेलहरु कमलपुर खेल मैदानमा हुने छ । प्रतियोगितामा ९ वटै वडा टिमको सहभागिता रहने छ ।

खेलमा नयाँ नियम स्वरुप खेल भित्र अनुशासन उलंघन गर्ने खेलाडीलाई प्रत्येक कार्ड बापत जरिवाना लिने व्यवस्था समेत गरिएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।