धरान / धरानदेखि पुर्वी उत्तरमा रहेको अग्लो डाँडा जसलाई दानाबारी भनिन्छ । यसको उचाई झण्डै १५ सय छ । नजिकै हर्दिया छ । धरानमा आउने बेसार, अदुवा, अमलिसोलगायत आग्र्यानिक तरकारी यही स्थानबाट आयत भएका हुन । दानाबारीको छुट्टै डाँडा, जसलाई स्थानीयले गढी थुम्का भन्छन् । त्यहाँ सिंहदेवी थान छ । यो धरानको समग्र बजार दृष्यालोकन गर्ने स्थान पनि हो । तराईका सुन्दर फाट, धरानलाई निहाल्न यहाँसम्मको यात्रा गर्न धरान बजारदेखि १० किमीको दुरी तय गर्नु पर्दछ । यसको पूर्वाधार विकासका लागि प्रदेश सरकारले लगानी गरेको छ । १ करोड बजेटमा बाटो निर्माण कार्य भइरहेको छ ।

hardiya7 दानाबारीको डाँडामा ढेड करोड लगानीमा भ्यु टावरसमेत निर्माण भईरहेको छ । मनमोहन स्मृति पार्कको अवधारण बनाई एक करोड ३० लाख लगानीमा पार्कसमेत बनाउने तयारी भइरहेको छ । पार्क निर्माण, भ्यू टावर निर्माण सडक विस्तारले धरानदेखि यहाँको दुरी अझ नजिक बनाई दिएको ४ नं का वडा अध्यक्ष मानबहादुर राईले बताए । यहाँ होम स्टेको पनि अवधारण ल्याई व्यवस्थापन गर्न थालिएको छ । hardiya4 भेडेटार धनकुटा जिल्लामा पर्दछ । पर्यटकीय गन्तव्य भेडेटारबाट भएको आर्थिक आम्दानी धरानलाई नहुने हुदा दानाबारी र हर्दियालाई भेडेटारको विकल्पमा विकास गर्न स्थानीय सरकारको ध्यानाकर्षण भएको छ । यहाँबाट नाम्जे हुदैं धनकुटाको बुधबारेसम्म पुग्ने सडकसमेत विस्तारको क्रममा छ । भेडेटार–रवि राँके सडक निर्माण पछि हर्दिया व्यापारिक केन्द्र समेत बन्ने धरान उपमहानगरपालिकाका ४ नं। वडा अध्यक्ष मानबहादुर राई बताउछन् ।
पद मार्ग रुट

hardiya2 यो पदमार्गको रुट पनि हो । धरानदेखि अग्र्यानिक गाउँ बसन्तटार, दानाबारी, हर्दिया, सेर्गे, भेडेटार हुँदै गाडीबाट धरान फर्कने वा साँगुरीगढी पुगेर पुरानो धरान–धनकुटा पैदल मार्ग हुँदै धरान झर्न सकिन्छ । यो रुटमा दानाबारीसम्मको १ दिनको हाइकिङ गर्न सकिने छ भने पूरा रुटमा २ दिन एक रात वा ३ दिन २ रातको प्याकेजमा ट्रेकिङ गर्न सकिन्छ ।

hardiya1 hardiya dharan 1 hardiya5 hardiya6