धरान / धरान १८ स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशहरा हलमा शनिबार भएको फिटनेस प्रतियोगितामा उत्तम खत्रीले मिस्टर धरानको उपाधि जितेका छन् ।
सुनसरी जिल्ला बडिबिल्डिङ तथा फिटनेश संघले आयोजना गरेको प्रतियोगितामा एनीटाइम फिटनेश धरान,१८ सँग आवद्ध खत्रीले २० औं मिस्टर धरानको उपाधि जितेका हुन । उनले उपाधि ट्रफीसँगै नगद एक लाख जिते । प्रतियोगितामा धरान फिटनेश क्लबका ऋतिक घिमिरे दोस्रो भए । यस्तै, भिजन फिटनेशका विनोदकुमार नेपाली तेस्रो भए । चौथो आवर फिटनेशका असित राई घोषित भए । आवर फिटनेशकै विनोद तामाङ पाँचौं भए । प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७५ तौल समुहमा प्रतिस्पर्धा भएको आयोजक संघका अध्यक्ष चन्दन श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा नगर खेलकुद विकास समितिका सदस्य तथा युरेका रेसिडेन्सियल स्कुलका प्रिन्सिपल राजेन्द्र गुरुङले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।