श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि. सं. २०७६ साल आश्विन १३ गते सोमबार, ३० सेप्टेम्बर २०१९ । आश्विन शुक्लपक्षको द्वितीया तिथि १९ः५४ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र चित्रा २०ः२२, उप्रान्त स्वाती  । चन्द्रमाराशि कन्या, सूर्योदय ५ः५६ र सूर्यास्त ५ः५० बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । बन्न लागेको काममा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । बिछोडिएका साथीभाइहरूसित भेटघाट होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा–जमिन तथा वाहन खरिद होला । पारिवारिक जीवनमा खुशीयाली छाउला । मन प्रसन्न बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेट होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धर्म–कर्म तथा समाज सेवामा मन लाग्नेछ । नयाँ तथा रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शरीर अस्वस्थ रहला । सानो कामको लागि ठूलै धनराशि खर्च हुनेछ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेट होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । आर्थिक क्षेत्र सबल बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्नेछ । मन प्रसन्न रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । अनावश्यक झन्झटमा फसिएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त होला । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना हुनेछ । रमाइलोमा दिन बित्ला ।